गाईघाटमा 'दोस्रो त्रियुगा मेयर रनिङ्सिल्ड' सुरु

८ महिना अघि

२0८0 पुष ११ बुधबार
गाईघाटमा 'दोस्रो त्रियुगा मेयर  रनिङ्सिल्ड' सुरु

बिन्द्र राई

गाईघाट, पुस ११

 

उदयपुरमा 'दोस्रो त्रियुगा अन्तर मावि मेयर रनिङ शिल्ड प्रतियोगिता २०८'० सुरु भएको छ । " स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद" भन्ने मुल नाराको साथ त्रियुगा नगरपालिकाको संयोजन तथा त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

 

प्रतियोगिता उद्‍घाटन गर्दै नगर प्रमुख बसन्त बस्नेतले खेलकुद क्षेत्रको विकासका लागि नगरले सहयोगको भूमिका निर्वाह गर्नुका साथै नगरलाई खेलकुद हवको रुपमा चिनाउने बताए l बस्नेतले खेलकुद विकासको लागि सबै क्षेत्रको सहयोग र भूमिका महत्त्वपूर्ण रहनुका साथै त्यसका लागि विद्यालय,वडाहरुका भूमिका महत्त्वपूर्ण रहेको बताए l

 

आउदो २४ गतेसम्म हुने प्रतियोगितामा सामुदायिक र नीजी आवासीयका ३२ विद्यालयहरुका विद्यार्थीहरुले भाग लिने नगरपालिकाकि स्थानीय शिक्षा अधिकारी शिवकुमारी राउतले बताइन् l उनका अनुसार प्रतियोगितामा तेक्वान्दो, कराते, दौड, भलिबल , कबडी र एथलेटिक्स गरि पाँच समूहका बिधामा खेलह खेलाईने छ l