किराँत राईहरुले धुमधाम मनाए उधौली पर्व

९ महिना अघि

२0८0 पुष १0 मंगलवार
किराँत राईहरुले धुमधाम मनाए उधौली पर्व

बिन्द्र राई/माझखर्क  उदयपुर, पुस १० 

देश तथा  बिदेशको विभिन्न  भूभागमा रहनु हुने किराँत राईहरुले धुमधामका साथ उधौली पर्व मनाएका छन् । त्यसै गरि  उदयपुरमा पनि  किराँत राईहरुले धुमधाम उधौली पर्व मनाएका छन् ।जिल्लाको त्रियुगा, बेलका, कटारी र चौदण्डीगढी नगरपालिका र गाउँपालिकाका  विभिन्न ठाउहरुमा मंगलबार प्रकृति पूजक किराँत राईहरुले पुर्खा  पित्रीहरुका सम्झना आ- आफ्ना साकेला थानमा धुमधामका साथ पूजा गर्दै  उधौली पर्व मनाएका  छन् । उधौली पर्वमा  आ- आफ्ना सास्कृतिक पोसाक लगाएर  ढोलझ्याम्टा बजाउदै नाचेर पित्रीहरुलाई सम्झेर  यो पर्व मनाईदै आएको धार्मिक बिश्वास रहदै आएको  भनाई छ ।

 

उधौली र उभौली पर्व  किन मनाईन्छ ?

किराँत राईहरुले पित्री पुर्खाहरुका सम्झनामा नंया साल एलेसम्बत ५ हजार ८३ मनाउदै आईरहेका छन् । उधौली पर्व  बालीनाली   भित्र्याउने र उभौली पर्व बालीनाली लगाउने  सममा परेसंगै समयको परिवर्तनले गर्दा यस पर्वलाई उधौली र उभौली  पर्व भनिदै आएको हो । यस पर्वलाई अधिकाङ्सले बालीनालिको भित्र्याउने र लगाउने बेलामा थानहरुमा  पूजापाठ गर्नुका साथै वाम्बुले राईहरुले  न्वागी गर्ने गरेका छन्  ।   उधौली र उभौली पर्वमा    अदुवा,सेवाली , कुखुरा, कोदोको  जिर्मा, रक्सी लगायत  पित्रीलाई सम्झेर थानमा चढाउने गरिन्छ । 

 

प्रकृती पुजक भनेको के हो ? 

किराँत राईहरुलाई किन प्रकृति पुजक भूमिपूत्र भनिएको हो त ? किनकी हाम्रा पुर्खाहरु प्रकृति प्रेमी प्रकृतीलाई माया गर्ने उत्पत्ति कालदेखि  जङ्गल  कृषिपेशाबाट आधारित रहेर कृषि उत्पादनबाट जीबिकोपार्जन गर्दै आईरहेको आएको हुदा प्रकृति प्रेमी भूमिपुत्र  भनिनुका साथै प्रकृति पूजक भन्ने गरिन्छ ।