जाडोमा जेष्ठ नागरिकलाई सम्मान स्वरुप सिरक बितरण

९ महिना अघि

२0८0 पुष ९ सोमबार
जाडोमा जेष्ठ नागरिकलाई सम्मान स्वरुप  सिरक बितरण

 बिन्द्र राई/माझखर्क

उदयपुर, पुस ९ 

उदयपुरमा जेष्ठ नागरिकहरुलाई  सम्मान स्वरुप जाडो समयलाई मध्यनजर गरेर  न्यानोको लागि सिरक बितरण गरिएको छ । त्रियुगा नगरपालिका गाईघाट  अन्तर्गत रहेको १३न. वडा कार्यालय ढिकले "जेष्ठ नागरिकको अनुभव र ज्ञान हामी सबैलाई प्रेरणा र मार्गनिर्देशन" भन्ने मुल नाराको साथ सोमबार  जेष्ठ नागरिहरुका सम्मान कार्यक्रमको आयोजना गरेको थियो । 

 

कार्यक्रममा वडाको  अध्यक्ष   नवीन कुमार चौधरी र प्रमुख अतिथी  जेष्ठ नागरिक डम्बर बहादुर कटुवालले  सयुक्त रुपमा   जाडो  समयलाई मध्यनजर गरेर सम्मान स्वरुप जेष्ठ नागरिकहरुलाई  सिरक  बितरण  गरेका थिए । सम्मान कार्यक्रममा वडाको विभिन्न ठाउहरुबाट ८० बर्ष उमेर नाघेका ४९ जना जेष्ठ नागरिकहरुलाई  सम्मानको लागि एक-एक वटाका दरले   सिरक बितरण गरिएको थियो । 

 

१३ न.वडा अध्यक्ष नविन कुमार चौधरीले जेष्ठ नागरिकको सम्मान र जाडो समयलाई मध्यनजर गरेर सिरक बितरण गरिएको बताए । चौधरीले वडाको न्यून  बजेटले जेष्ठ नागरिकको सिरक खरिद गरिएको र जेष्ठ नागरिकहरुलाई सम्मान सङ्गै जाडोमा न्यानोको लागि सिरक बिरण गर्न पाउँदा खुसी भएको बताए ।  कार्यक्रममा राजनीतिक दल, नागरिक समाज, टोल विकास सस्थाका प्रतिनिधिलगायतले उपस्थित जनाएका थिए ।