कार्की नेतृत्वमा ६५ सदस्यीय  किसान महासंघ

९ महिना अघि

२0८0 पुष ९ सोमबार
कार्की नेतृत्वमा ६५ सदस्यीय  किसान महासंघ

गाईघाट, पुस ९

नेकपा (माओबादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघको अध्यक्षमा  नरबहादुर कार्की चयन भएका छन् । शनिबार गाईघाटमा सम्पन्न जिल्ला सम्मेलनबाट चयन भएको ६५ सदस्यीय समितिमा ३ जना उपाध्यक्षहरु क्रमशः गिता पराजुली (,मगर) कुरुङ राई र बिदुर दाहाल छानिएका छन् भने   सचिबमा कुमार राई, सहसचिब ढकिमायाँ मगर र कोषाध्यक्ष ध्रुबकमार बोहरा (कसिद्धार्थ( रहेका छन् । 


१ सय २५ सदस्यसम्म रहने व्यवस्था विधानले गरेको जिल्ला समितिमा बिभिन्न  २४ वटा पेसागत संघहरु पनि अँटाउने प्रावधान रहेको महासंघका केन्द्रीय सदस्य तथा १ नं. प्रदेश सहसंयोजक एवं उदयपुर जिल्ला इन्चार्ज रुद्र अधिकारीले बताए । उनका अनुसार पेशागत संघ सगठनका संयोजकहरु तथा स्थानीयतहस्तरीय समितिका अध्यक्षहरु महासघ जिल्ला समितिको पदेन सदस्य हुने व्यवस्था छ । 


इन्चार्ज अधिकारीका अनुसार उदयपुरका त्रियुगालगायत बिभिन्न ३ नगरपालिका र १ गाउँपालिकाको सम्मेलन सम्पन्न भईसकेको छ । ३ गाउँपालिकाको भने बाँकी छ । बाँकी रहेका स्थानीयतहको सम्मेलन छिट्टै गर्ने तयारी भईरहेको उनले बताए । 


व्यापक किसानहरुको सहभागिता रहेको सम्मेलनले किसानमैत्री नीति ल्याउन सरकारसँग माग प्रस्ताव पनि पारित गरेको छ । जस अनुसार दुधको मुल्य प्रतिलिटर १ सय ३० पु¥याउनुपर्ने, भुूमिहीन किसानलाई जग्गाको उपलब्ध गराउनुपर्ने, ब्लकको जग्गा स्वामित्वमा ल्याउने प्रक्रिया सुरु गर्नुपर्ने, भूमिहीन तथा सुकुम्बासीलाई जग्गाको धनीपुर्जा दिनुपर्ने माग गरेको छ । 


सम्मेलनले किसानलाई उपलब्ध गराउनु पर्ने जग्गा बिभिन्न बहाना गरेर रोकेकोमा आपत्ती जनाउँदै त्यसलाई सुचारु गर्न नापी र जिल्ला प्रशासन कार्यालयबाट दर्ता र बितरण प्रक्रिया तुरुन्त सुचारु गर्न ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ । त्यस्तै किसानको नाममा आउने कृषि अनुदान रकम र यन्त्र उपकरण वास्तविक किसानले पाउनुपर्ने, पशु चौपायलाइ खुवाउने चोकर ब्रानलगायत दानाको मुल्य घटाउनुपर्ने, एकचोटी फर्म दर्ता गरेको कृषि फर्म वर्षैपिछे नवीकरण गर्नुपर्ने झन्झटिलो प्रक्रिया अन्त्य गदै्र्र कम्तीमा ५ वर्षमा मात्र नवीकरण गर्ने व्यवस्था मिलाउन पनि सम्मेलनले माग गरेको छ । 


यस्ता बिभिन्न किसानमैत्री मागप्रति सरकारको ध्यानाकर्षण गराउँदै सम्मेलनले आफ्ना मागहरुप्रति बेवास्ता गरे । चरणबद्ध आन्दोलन गर्न किसानहरु बाध्य हुने चेतावनी पनि दिइएको छ ।