हाटखोलामा कृषि हाट बजार लाग्न सुरु 

९ महिना अघि

२0८0 पुष ८ आईतवार
हाटखोलामा कृषि हाट बजार लाग्न सुरु 

हाजोगीदह, पुस ८

त्रियुगा नगरपालिका १ को हाटखोलास्थित बरगाछीमा कृषि बजार सुरु भएको छ । वडा कार्यालयको लगानीमा बिगत वर्षहरुदेखि नै कृषि बजारका लागि टहराहरु बनाइदै आएको हाटखोलामा आइतबारदखि कृषि बजार सञ्चालनमा आएको हो । 


स्थानीय वडाबासी कृषकहरुले उत्पादन गरेको कृषि उपजको बिक्री बितरण तथा बजारीकरणमा सघाउ पुर्याउने तथा उपभोक्तालाई सहज बनाउने उदेश्यले वडा कार्यालयले हाट बजार सञ्चालनमा ल्याएको वडाध्यक्ष मनोज चाधरीले बताए । उनका अनुसार हाट बजारमा स्थानीय उत्पादन बिक्री हुँदा आयआर्जनमा पनि कृषकहरुलाई सहयोग पुग्ने अपेक्ष्ाँ गरिएको छ ।


"कृषि उत्पादन बढाऔँ, आर्थिक आत्मनिर्भरता कायम गरौँ" भन्ने मूल नाराका साथ सञ्चालनमा आएको हाट बजारको  आईतबार आयोजित एक कार्यक्रममा अध्यक्ष मनोज चौधरीले उद्घाटन गर । हरेक आईतबार लाग्ने बजारमा स्थानीय किसानहरुले उत्पादन गरेका कृषि उपज, तरकारी तथा माछा मासु र फलपुफलको बिक्री स्टलहरु राखिने छ । उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष चौधरीले गाउँमा स्थापना भएको हाट बजारले वडाबासी किसान लाभान्वित हुने विश्वास लिएको बताए । 


किसानले उत्पादन गरेका कृषि उपजको बिक्री बितरण, बजारीकरण र उपभोक्तालाई सजिलो पार्न वडाले लगानी गरेर हाट बजार सुरु गरेको बताए ।गाउँमा उत्पादित कृषि उपजको गाउँमै बिक्री बितरण गर्न सके गवडाबासी किसानलाई फाइदा हुनुका साथै आयआर्जन गर्न र जिविकोपार्जनमा सहयोग हुने उनको भनाइ थियो । 

 

वडाध्यक्ष चौधरीले नेपाल कृषि प्रधान देश भएको हुनलो यहाँका नागरिकहरु कृषि उत्पादनमा दत्तचित्त भएर लाग्नुपर्ने बताए । वडाबासी जनतालाई कृषि कर्ममा लगाएर आयआर्जनमा बृद्धि गराउँदै आत्मनिर्भर बनाउन सके समृद्धि टाढा नरहेको उनले बताए ।