अबैध उत्तिस काठसहित दुई जना पक्राउ

९ महिना अघि

२0८0 पुष ७ शनिबार
अबैध उत्तिस काठसहित दुई जना पक्राउ

बिन्द्र राई/ माझखर्क 

उदयपुर,पुस ७

उदयपुरमा अबैध रुपमा ल्याईएको उत्तिस जातको गोलिया काठ सहित दुई जना पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिका अन्तर्गतको  ईलाका  प्रहरी कार्यालय बेल्टारबाट खटिएका प्रहरी टोलीले शुक्रबार सोही नगरको वडा न. -७  कल्याणचोकबाट अबैध    रूपमा ल्याईएको उत्तिस जातको  ५ शय ६० किवी गोलिया  काठसहित  प्र.१-०२-००२ ख ००६२ न.ट्रक , चालक  सहित दुई जनालाई    पक्राउ  (नियन्त्रण)गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

 

पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका -४ मोरङ बस्ने  चालक  बर्ष २७ को सोम बहादुर भुजेल र लालिगुरास नगरपालिका -३ तेह्रथुम बस्ने बर्ष १९ केदार बानियालाई पक्राउ गरी कामकारबाहीको लागि डिभिजन बन कार्यालय उदयपुरमा बुझाईएको प्रहरीले जनाएको छ ।