अवैध चिनी र सुर्ती बोकेको जीप प्रहरी नियन्त्रणमा 

९ महिना अघि

२0८0 पुष ७ शनिबार
अवैध चिनी र सुर्ती बोकेको जीप प्रहरी नियन्त्रणमा 

उदयपुर, पुस ७ 

अवैध रुपमा भित्र्याउदै गरेको अवस्थामा ठूलो परिमाणको चिनी र सुर्ति बोकेको जीप उदयपुर प्रहरीले नियन्त्रणमा लिएको छ । पश्चिमी नाका कटारी नगरपालिका १ स्थित प्रहरी चौकी बेलस्रोतको टोलीले ४० बोरा चिनी तथा ८ बोरा सुर्ती बोकेर कटारी भित्रिदै गरेको अवस्थामा जीप नियन्त्रणमा लिएको हो ।


मिर्चया–कटारी खण्डको सिद्धिचरण लोकमार्गमा आईरहेको प्रदेश २–०१–००१ च ०६३० नम्बरको पिकअप जीप चेकजाँच गर्दा चिनी र कबिर छाप ब्राण्डको सुर्ती फेला परेको तर, आपूर्तिको आधिकारिक बिल भर्पाई नभेटिएपछि नियन्त्रणमा लिनु परेको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ । सो जीप र सामानसहित जीप बरामद गरी अनुसन्धान गर्न पठाइएको छ । 


चिनी २ हजार किलो र सुर्ती झण्डै ३० किलो रहेको प्रहरीले जनाएको छ । ती सामग्री भन्सार छलेर ल्याएको हुनसक्ने अनुमानका साथ बरामद गरि थप अनुसन्धान र कारबाहीका लागि बिहीबार आन्तरिक राजश्व कार्यालय ईटहरी पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।