आउँदो चुनावसम्मको अवधिमा काम गर्न गगन थापाको आग्रह

९ महिना अघि

२0८0 पुष ६ शुक्रबार
आउँदो चुनावसम्मको अवधिमा काम गर्न गगन थापाको आग्रह

कटारी, पुस ५

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले ०८४ को चुनावसम्म काम गरेर देखाउनुपर्ने बता्रएका छन् । शुक्रबार कटारीमा आयोजित उदयपुर पार्टीको प्रथम सम्मेलनमा बोल्दै महामन्त्री थापाले ०८० देखि ०८३ सम्मको ४ वर्षे अवधिलाई काँग्रेसले कुरामा नभएर काम गरेर बिताउनुपर्ने बताए । 


थापाले सबै पार्टीहरु मिसन ०८४ भनेर हिडेको बताउँदै ४ वर्षपछि हुने चुनावको चिन्ता अहिलेदेखि लिइराख्नु नपर्ने बताए । महामन्त्री थापाले भने ‘०८० देखि ०८३ सम्मको ४ वर्षे अवधिमा सरासर काम गरेर देखाउँ, काँग्रेस यो चुनावको चिन्ता लिदैन, काम गरेर देखाउँछ । तपाँईहरु पनि त्यो चुनावको चिन्ता अहिलेदेखि लिएर बस्नुभन्दा काम गरेर देखाउनुस् ।’


राम्रा काम गर्दै गएमा चुनावको मिसन अहिलेदेखि बनाईराख्नु नपर्ने भन्दै उनले राम्रा काम गर्ने पार्टीलाई जनताले त्यसै भोट दिएर जिताउने विश्वास लिए । काँग्रेसले अव वर्षमा ५ लाख युवालाई रोजगारी दिनेगरी कार्यक्रम ल्याउने भन्दै उनले त्यसका लागि सरकारलाई अघि बढ्न सुझाए । तर, सेना,  प्रहरी, निजामति, बित्तीय संस्था र नीजिक्षेत्र सबैमा गरी वर्षमा ५० हजार पनि रोजगारी सिर्जना हुने अवस्था नरहेकाले काँग्रेससमेतको गठबन्धन सरकारलाई सघाउँदै युवा पलायन रोक्ने कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए । 


मुलुकमा चरम निराशा बढिरहेको र केही तत्वले संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्था परिवर्तनको कुरा जवरजस्ती वहसमा ल्याइएको भन्दै थापाले यसो हुनुमा काँग्रैसलगायत ठूला पार्टीहरुकै कमजोरी रहेको औँल्याए । अव ती कमीकमजोरीहरु काँग्रेसले अव आफु सच्चिएर र अरुलाई पनि सच्याउँदै अघि बढ्नुपर्ने थापाले जनाए । यतिबेला खस्कदो अर्थतन्त्र, चरम बेरोजगारी र सामाजिक सञ्जालमा आएका कुराहरुको विश्लेषण गरेर जनताको ठूलो हिस्सा नराम्ररी रिसाएको या निराश भएको थापाको भनाई थियो । बाउआमा छोराछोरी नेपालमा नबसेकोमा निराश, युवा पींढी रोजगारी नपाएकोमा र विदेशमा दुःख गरी आएकाह्ररु स्वदेशमै जिविकोपार्जन गर्न नसकेकोमा निराश भएको महामन्त्री थापाको भनाई थियो ।


निराश र रिसाएको डेडकरोड जनतामा आशा जगाउने काम अव काँग्रेसले गर्ने भन्दै त्यसका लागि केन्द्रदेखि वडा समितिसम्मका नेता कार्यकर्तालाई निर्देशन दिए । नेपालको पुरानो, जेठो र ठूलो पार्टी भएको नाताले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले जनतामा छाएको निराशालाई आसामा परिणत गर्ने जिम्मेबारी वहन गन्र्र काँग्रेस तयार रहेको बता्रए । ‘ठूलो र पुरानो पार्टी भएकाले काँग्रेस देशको अभिभावक पनि हो’ थापाले भने ‘त्यसैले जनतामा छाएको निराशालाई आसामा परिणत गर्न, बेथितिलाई हटाएर थिति बसाल्ने जिम्मा काँग्रेसले नै लिनुपर्छ ।’ 


अहिले देशमा पहिचान, धर्म, जात, भूगोल सबैखालका कुराहरु उठिरहेको भन्दै त्यस्ता सबै समस्याको समाधान गर्न काँग्रेसले अगुवाई गर्नुपर्ने बताए । त्यसका लागि काँग्रेसले अन्य दलह्ररुलाई पनि मिलाएर जानुपर्ने भन्दै थापाले त्यसका लागि पनि काँग्रेस तयार हुनुपर्ने बताए । काँग्रेस आफ्नो धर्म मान्ने र अरुको धर्मलाई पनि सम्मान गर्नुपर्ने अडानमा रहेको उनको भनाई थियो । सबै देशबासीले पहिचान, भूगोल, धर्म र जातमा आस्था र गर्व गर्न पाउने भन्दै उनले काँग्रेसले जनताको आस्थालाई सम्मान गर्दै अघि बढ्ने बताए ।


महामन्त्री थापाले अहिले भ्रष्टाचार सबभन्दा डरलाग्दो गरी मौलाएको भन्दै एकपछि अर्को काण्ड मच्चिएको सन्दर्भ उठाउँदै महामन्त्री थापाले ०४६ सालयताका सम्पूर्ण पूर्व उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानविन गर्नुपर्ने माग गरे । उनले ०४६ सालदेखि अहिलेसम्मका प्रधानमन्त्री, मन्त्री, सांसद, आईजिपी, प्रधानसेनापतिलगायत सम्पूर्ण पूर्व उच्च पदस्थहरुको सम्पत्ति छानविन गर्ने प्रस्ताव आफुले संसदमा पेश गर्ने बताए । त्यसरी छानविन गर्दा अकुत सम्पत्ति देखिएमा सबै देशको ढुकुटीमा राख्ने व्यवस्था मिलाउनुपर्ने थापाको बताए । 


गणतन्त्रमा अनुत्पादक खर्च भएको भनेर प्रदेश खारेजीको कुरा उठेको भन्दै उनले काँग्रेसले पञ्चायतकालमा १४ अञ्जल ७५ जिल्लामा भएको खर्चभन्दा कम बजेटमा ७५३ स्थानीयतह र ७ प्रदेश चलाउन सक्ने आर्थिक खाका पनि ल्याउने थापाले बताए । उनले खर्चका कारण संघीयता धरापमा पर्ने कुरामा कसैलाई शंका नगर्न पनि सुझाए । आर्थिक अनुशासनहीनता भने बढेको देखिएकाले संघ, प्रदेस र स्थानीयतहले मितव्ययिता अपनाउनुपर्नेमा उनको जोड थियो । 


सहमहामन्त्री भिष्मराज आङदम्बेले नेपाली काँग्रेस राणा, पञ्चायत र राजा फालेर आएको ऐतिहासिक र लोकतान्त्रिक पार्टी भएको बताए । नेपाली काँग्रेस भ्रष्टाचारको सवालमा शून्य सहनसिलता अपाएर अघि बढ्ने भन्दै सहमहामन्त्री आङदम्बेले त्यसमा केन्द्रदेखि प्रदेश, जिल्ला, स्थानीयत हुँदै वडा पार्टीसम्मले भूमिका खेल्नुपर्नेमा जोड दिए । अहिलेसम्म खुलेका भ्रष्टाचारका फाईलहरुको अवस्था हेर्दा ठूला दलका नेताहरु पनि संलग्न भएको पाइएको भन्दै पार्टीलाई भ्रष्टाचारबाट मुक्त राख्नुपर्नेमा उनले जोड दिए । प्रदेश १ मा जारी पहिचानपक्षधरको आन्दोलनतर्फ सकेत गर्दै पहिचानको मुद्धा पेचिलो भईरहेकाले आफ्नो भूगोल, पहिचान र धम्र्रप्रति सबैको लगाव हुनुलाई स्वभाविक अथ्र्याए । जारी आन्दोलनप्रति काँग्रेस सचेत रहेको बताउँदै उनले संविधान अपरिवर्तनीय दस्तावेज नभएकाले जनताको माग समेट्दै अघि बढ्न काँग्रेसले भूमिका खेल्नुपर्ने बताए । अहिले काँग्रेसी नेताहरु बोल्नेभन्दा काम गर्ने ठाउँमा रहेको भन्दै उनले सबैलाई .गफमा होईन, काममा ध्यान दिन आग्रह गरे । 


कार्यक्रममा मुख्यमन्त्री केदार कार्कीले अहिलेसम्मका सरकारले भौतिक विकासमा मात्र बजेट छुट्याउदै आएको तर, मानवीय विकासमा कसैको ध्यान नदिएको भन्दै आफु मुख्यमन्त्री भएपछि मानवीय विकासमा काम गर्न लागेको बताए । उने प्रदेशका १० वर्षमुनिका बालबालिकालाई चालु आर्थिकवर्षदेखि नै निःशूल्क उपचार सेवा दिने कार्यक्रम घोषणा गर्ने तयारीमा रहेको बताए । त्यसैगरी मासिक १५ सय पारिश्रमिकमा रातदिन गाउँघरमा बिरामीको सेवामा खट्दै आएका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई पनि प्रदेस सरकारले सम्मानसहित सरदाम दिन लागेको योजना सुना्रए । मुख्यमन्त्री कार्कीले बिराटनगरमा खोल्ने भनिएको काँग्रेस नेतृ स्व. शैलजा आचार्य स्मृति हृदयरोग केन्द्रलाई छिट्टै सञ्चालनमा ल्याएर प्रदेसबासी जनतालाई सकेसम्म निःशूल्क मुटुको उपचार सेवा दिन लागेको कुरा पनि बताए । कटारी अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गर्न प्रस्ताव बनाएर मन्त्रालयमा पेश गर्न आग्रह गर्दै प्रदेशबाट सक्दो सहयोग गर्ने बचन दिए । 


पूर्व मुख्यमन्त्री उद्धव थापा, पार्टी केन्द्रीय सदस्यहरु डा. डिला संग्रौला, राजिव ढुंगाना, लक्ष्मी परियार, उदयपुरका क्षत्रीय सभापति तथा चौदण्डीगढी नगरप्रमसख खगेन्द्र राईलगायत वक्ताहरुले सिद्धिचरण लोकमार्गको निर्माण गर्न, भ्रष्टाचारबाट मुक्त रहन र पार्टी संगठनप्रति दृढ भएर लागी पर्न आग्रह गरेका थिए । 


पार्टी सभापति हिमाल कार्कीको सभापतित्व, सचिव मुरारी खड्काको सञ्चालनमा सम्पन कार्यक्रमको स्वागत कटारी नगरप्रमुख तथा पार्टी जिल्ला सचिव राजेशचन्द्र श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए ।