बन मुद्दाको फरार प्रतिवादी पक्राउ

९ महिना अघि

२0८0 पुष ६ शुक्रबार
बन मुद्दाको फरार प्रतिवादी पक्राउ

बिन्द्र राई/ माझखर्क

उदयपुर, पुस ६

उदयपुरमा बन मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । चौदण्डीगढी नगरपालिका १० खैराझोरा बस्ने बर्ष ५८को जन्तरे भन्ने धनबहादुर मगरलाई बन मुद्दामा गत बिहिवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

 

बन मुद्दामा फरार मगरलाई जिल्ला अदालत उदयपुरले एक वर्ष कैद सुनाएको थियो। पक्राउ परेका उनलाई अदालतसमक्ष बुझाईएको प्रहरीले जनाएको छ ।