अन्तर प्रदेश स्तरीय कराते प्रतियोगिता सम्पन्न

९ महिना अघि

२0८0 पुष १ आईतवार
अन्तर प्रदेश स्तरीय कराते प्रतियोगिता सम्पन्न

बिन्द्र राई/माझखर्क

उदयपुर, पुस १

उदयपुरको गाईघाटमा शुक्रबार २९ देखि जारी अन्तर प्रदेशस्तरीय  कराते प्रतियोगिता शनिबार सम्पन्न भएको छ । त्रियुगा,कटारी, बेलका र चौदण्डीगढीका साथै त्रियुगा नगरपालिकाको वडाहरुको  सहयोगमा प्रतियोगिता सम्पन्न भएको यो।

 

जिल्ला सितोरियो कराते संघ उदयपुरको आयोजना तथा सह आयोजक कराते संघ र नगर युवा तथा खेलकुद विकास समिति उदयपुरको सहकार्यमा प्रतियोगिता संचालन गरिएको थियो । प्रतियोगितामा  सुनसरी पहिलो भएको छ, सिराहा दोस्रो र झापा तेस्रो भएका छन् । खेलको उत्कृष्ट महिलातर्फ प्रकृति दुम्जन झापा, पुरुषतर्फ उत्कृष्ट सुजन तामाङ उदयपुर र ईसाक राई झापा भएका छन् । 

 

प्रतियोगितामा सुनसरी, मोरङ, संखुवासभा, उदयपुर, सिराहा, सप्तरी, सर्लाही, महोत्तरी, रौतहट, झापा गरि १० समूहले सहभागीता जनाएका थिए। प्रथम, द्वीतीय र तृतीय हुने समूहलाई प्रमुख अतिथि लगायतले शिल्ड, मेडल, तक्मा र प्रमाणपत्र  हस्तान्तरण गरेका थिए ।