राष्ट्रिय मावि बगाहा ४९ औँ वर्षमा प्रवेश            

९ महिना अघि

२0८0 पुष १ आईतवार
राष्ट्रिय मावि बगाहा ४९ औँ वर्षमा प्रवेश            

बिन्द्र राई
उदयपुर, पुस १

त्रियुगा नगरपालिका ४ बगाहास्थित राष्ट्रिय माध्यमिक विद्यालयले आफ्नो ४९ औं वार्षिकोत्सव भनाएको छ । विद्यालयले आईतवार आफ्नै प्राङ्गनमा स्थापनाको ४९ औं वर्षगाँठ भव्य कार्यक्रमको आयोजना गरि मनाएको हो । 


सो विद्यालय विद्यालय २०३१साल पुस १ गते स्थापना भई स्थापना कालदेखि  अहिले  ४९ बर्षमा पुगेको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस, नेकपा (माओबादी केन्द्र), नेकपा (एमाले)का वडा प्रतिनिधिलगायत बिभिन्न राजनीतिक दल, पूर्व विद्यार्थी, अभिभावकहरुको सहभागिता थियो । 


त्यसैगरी विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षलगायत पदाधिकारी, शिक्षक अभिभावक संघ अध्यक्ष तथा पूर्व पदाधिकारी, पूर्व प्रधानाध्यापक तथा शिक्षकहरु विव्यसका पूर्व सदस्यहहरुलगायत विभिन्न संघसस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति थियो । कार्यक्रममा बोल्दै उनीहरुले विद्यालय सुधार र विकासका लागि सचिएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । 


उनीहरुले विद्यार्थी बालबालिकाको उज्वल भविष्यलाई मध्यनजर गरेर विद्यालय संञ्चालक समिति शिक्षक शिक्षिका, राजनीतिक दल, अभिभावकलगायत सरोकारवालाहरुले आआफ्नो कार्यक्षेत्रमा सक्दो र सकारात्मक सहयोगको साथ पाए एक्ताबद्ध भएर  ईमान्दारीपूर्वक लाग्नुपर्नेमा जोड दिएका थिए । विद्यालयलाई राजनीतिमुक्त क्षेत्र बनाउन अभिभावक भेला, विद्यालयको लेखापरीक्षण नियमित गर्नुपर्ने तथा बिकृति बिसङ्गतिको अन्त्य हुनुपर्नेमा पनि उनीहरुको जोड थियो । 


कार्यक्रममा प्रधानाध्यापक यादवबहादुर बस्नेतले विद्यालयको गल्ति र समस्यालाई बढाउनुको साटो सच्चिएर समाधानतर्फ अग्रसर हुन आग्रह गरे । प्रअ बस्नेतले  विद्यालयको वार्षिक आयव्य तथा कप्युटर जिन्सी सामानहरुको अभिलेख, विद्यार्थी संख्या, कर्मचारी विवरण पनि प्रस्तुत गरेका थिए। प्रतिबेदन पेश गर्दै प्रअ बस्नेतले अहिले विद्यालयलाई तत्काल एउटा बस र खेलकुद मैदान आबश्यक रहेको बताए । त्यसका लागि सहयोगी संस्थाको प्रतीक्षामा रहेको बताए । प्रअ बस्तेले विद्यालयले अहिले कक्षा १० सम्म अग्रेजी माध्यमबाट पढाइ संञ्चालन गरिरहेको जानकारी दिदै गुणस्तरीय शिक्षाका लागि विद्यालयले सक्दो पहल गरिरहेको बताए । 

 

कार्यक्रममा विद्यालयले सञ्चालन गरेको बादबिवाद प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई प्रमुख अतिथी तथा शिक्षाप्रेमी समाजसेवी लिलबहादुर राना मगर र प्रअ बस्नेतले सयुक्त रुपमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा पूर्व विद्यार्थीहरुले आफ्नो विद्यालयको बिगतको अवस्था, सम्झना गराउँदै अनुभव आदानप्रदान गरेका थिए। 

 

कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य प्रस्तुत गरेर साँस्कृतिक मनोरञ्जन दिलाएका थिए ।