मातृशिशु हजार दिने सुनौलो कार्यक्रम संचालन

९ महिना अघि

२0८0 मंसिर ३0 शनिबार
मातृशिशु हजार दिने सुनौलो कार्यक्रम संचालन

  बिन्द्र राई

उदयपुर,मंसिर ३० 

पोषण सम्बन्धी हजार दिने सुनौलो कार्यक्रम संचालन सङ्गै किसानको लागि दुई प्रजातीको घासको बीउ टोल विकास सस्थाका प्रतिनिधिलाई हस्तान्तरण गरिएको छ ।कार्यक्रम शुक्रबार (२९ गते ) त्रियुगा नगरपालिकाको समन्वय तथा त्रियुगा नगरपालिका -६ वडा कार्यालय जल्जले आयोजना गरेको हो ।  

 

बहुक्षेत्रीय पोषण योजना अन्तर्गत  पोषण सम्बन्धी हजार दिने  मातृशिशु सुनौलो कार्यक्रममा वडाभित्रको टोल विकास सस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, विद्यार्थी, शिक्षक शिक्षिका विभिन्न सस्थाका प्रतिनिधि  लगायतले उपस्थित जनाएका थिए । सहभागीहरुलाई त्रियुगा नगरपालिकाको सामाजिक विकास प्रमुख राजकुमार खड्काले  मानव जीबनको शारीरिक, बौद्धिक र रोगसँग लड्न सक्ने पोषणसम्बन्धी सन्तुलित भोजन,खानेकुरा, सरसफाई, खानेपानी , अर्गानिक उत्पादन जस्ता विषयमा प्रशिक्षण दिएका थिए ।

 

त्रियुगा नगरपालिका -६ वडा अध्यक्ष योगेन्द्र दाहालले  नगरको मातहतमा वडाले संचालन गरेको बहुक्षेत्रीय पोषण योजना अन्तर्गत पोषण सम्बन्धी हजार दिने मातृशिशु सुनौलो कार्यक्रम रहेको बताए ।दाहालले हजार दिने सुनौलो कार्यक्रम भन्नाले बच्चा गर्भ रहेको  ९ महिना सम्म र  जन्मेको २ बर्ष सम्मको बाल्यवस्था अबधिलाई जनाउने बताए। जीवन वृद्धि विकासको लागि पोषणयुक्त  सन्तुलित भोजन आबश्यक रहनुका साथै मानिसले बाटोघाटो नालीको बिकास मात्र नहेरेर मानिस आफ्नो चेतनाको विकासस्तर सङ्गै सन्तुलित भोजनहरुका, आहारबिहार प्रयोगसङ्गै व्यक्ति,परिवार समाज राष्ट्र स्वस्थ स्वास्थ्य जिउने बातावरणको विकास हुने बताए ।

 

त्रियुगा नगरपालिकाको उपमेयर महेश्वरी राईले  नेपाली अहिले सम्म  भोकले मरेको सुन्नमा नआएको तर नेपालीले संतुलन भोजन र आहारबिहार सही ढंगले तौतरिका पुर्याएर प्रयोगमा ल्याउन नसकेको बताईन्  ।राईले अहिले पनि नेपाली समाजमा अन्धबिश्वास , र बिकृती रहेकाले पशुभन्दा महिलालाई हेर्ने र गर्ने व्यबहारमा फरक रहने गरेको बताईन्।  उनले छोरा वा छोरी   भएको अबस्थामा महिलालाई गर्ने व्यबहार  समाजमा अहिले पनि भिन्न रहने गरेको पाईएको बताईन्  । 

 

प्रमुख अतिथि महेश्वरी राई तथा वडा अध्यक्ष योगेन्द्र दाहाललगायतले जै घाँस १ शय ८० किलो ग्राम र ५ केजी बर्शिम घाँस  टोल विकास सस्थाका प्रतिनिधि तथा समन्वय संयोजकलाई सयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।