३ खाले लागूऔषध सहित युवा पक्राउ

९ महिना अघि

२0८0 मंसिर २९ शुक्रबार
३ खाले लागूऔषध सहित युवा पक्राउ

उदयपुर, मंसिर २९


उदयपुर प्रहरीले भारी मात्राको लागूऔषधसहित एक युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले बिहीबार त्रियुगा नगरपालिका ४ बगाहाको  भित्री सडक खण्डबाट २७ वर्षीय रोयल राईलाई पक्राउ गरेको हो । 

 

त्रियुगा नगरपालिका १३ का राईको साथबाट प्रहरीले फेनारगन ८८ एम्पुल, डाईजेपाम ८८ एम्पुल, ब्रुप्रिनोरफिम ८८ एम्पुल गरी २ सय ६४ एम्पुल लागूऔषध बरामद गरेको छ । 


पक्राउ राईलाई शुक्रबारको मितिदेखि लागू हुनेगरी जिल्ला अदालतबाट ७ दिको म्याद लिएर थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।