साकेलामा अन्तरविद्यालयस्तरीय अतिरिक्त क्रियाकलाप प्रतिस्प्र्धा: सरस्वति मावि प्रथम 

९ महिना अघि

२0८0 मंसिर २८ बिहीबार
साकेलामा अन्तरविद्यालयस्तरीय अतिरिक्त क्रियाकलाप प्रतिस्प्र्धा: सरस्वति मावि प्रथम 

खोटाङ, मंसिर २८

खोटाङको साकेला गाउँपालिकाको अन्तरविद्यालयस्तरीय अतिरिक्त क्रियाकलापमा सरस्वती मावि प्रथम हुन सफल भएको छ । जिल्लामै पहिलो पटक साकेलामा सञ्चालन गरिएको ‘अन्तर विद्यालयस्तरीय अतिरिक्त क्रियाकलाप’ स्प्र्धामा सरस्वती मावि मात्तिम प्रथम स्थान हासिल गर्न सफल भएको हो । 


विभिन्न ९ वटा विधामा सञ्चालन गरिएको प्रतियोगितात्मक अतिरिक्त क्रियाकलापमा प्रथम हुँदै ३ स्वर्णसहित ६ पदक पाउन सफल भएको छ । प्रतियोगितामा सो विद्यालयमा अध्ययनरत छात्रछात्राहरुले ३ स्वर्ण, २ रजत र १ काँस्य पदक पाउने गरी प्रतिस्पर्धामा अब्बल ठहरिएका हुन् । 
प्रतियोगितामा साकेला माध्यमिक विद्यालय रतन्छा २ स्वर्ण, २ रजत र १ काँस्य गरी ५ पदकसहित दोश्रो बन्न सफल भएको छ । तेस्रो स्थान पाउने सिद्धेश्वरी मावि खिदिमालाई १ स्वर्ण, २ रजत र १ काँस्य पदक प्राप्त भएको छ । 

 

विद्यार्थीलाई पाठ्यपुस्तक पठन पाठनसँगै अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै चौतर्फी ज्ञानको जानकारी गराउने उदेश्यले गाउँपालिका शिक्षा शाखाले बुधबारदेखि यस्तो प्रतियोगितात्मक अतिरिक्त क्रियाकलाप आयोजना गर्न थालेको हो । जस अनुसार यो पहिलो चरणको स्पर्धा हो । विद्यार्थीलाईशैक्षिक चेतनाको विकासँगै अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउँदै वाह्य ज्ञान हाँसिल गराउने उद्देश्यका साथ यस्तो कार्यक्रम सञ्चालन गरिएको हरेक वर्ष सञ्चालन गरिएको जनाएको छ । 


गाउँपालिका अध्यक्ष रविप्रकाश राईले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमार्फत बाहिरी ज्ञान आर्जन गराउन सबै विद्यालयमा यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको बताए । गाउँपालिकाले हरेक वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि आयोजना गर्दै आएको तर, त्योभन्दा फरक ढँगले सिर्जनसिल र रचनात्मक खालको अतिरिक्त क्रियाकलाप कार्यक्रम आयोजना गरिएको अध्यक्ष राईको भनाई छ । उनका अनुसार यस्तो कार्यक्रम सम्भवत खोटाङका १० वटा स्थानीयतहमध्ये साकेलाले गरेको यो पहिलो र नौलो हो । 

 

अध्यक्ष राईले आगामी दिनमा अझ व्यवस्थित र बृहत सहभागितामूलक तरिकाले यो कार्यक्रमको स्तरोन्नति  गर्दै लाने योजना बनाएर लागू गर्दै जाने बताए । साकेलाको शैक्षिक गुणस्तरमा  सुधार गर्दै हालसम्मको शिक्षा नीतिको ठोस कार्यान्वयन गर्दै लाने क्रम सुरु भएको पनि उनले बताए । बस्तुगत, व्यवहारिक र वैज्ञानिक शिक्षाले मात्र गाउँको विकास सम्भव हुने र जनताको जीवनस्तर उक्सने भन्दै उनले आफूले सिकेको ज्ञान र सीपको प्रयोगमार्फत साकेलाको भावी सपना र उदेश्य पुरा गर्न लागी पर्न आग्रह गरे । 


गाउँपालिकाभित्र सञ्चालित२८ वटै सामुदायिक विद्यालयका विद्यार्थीको सहभागिता रहेको प्रतियोगिता अन्तर्गत हाजिरी जवाफमा सिद्देश्वरी मावि खिदिमा प्रथम, साकेला मावि रतन्छा दोस्रो र बालबालिका मावि मात्तिम तेस्रो भए । प्रतियोगिता अन्तर्गत कक्षा ९ देखि १२ बीचका विद्यार्थीबीच हाजिरी जवाफ र वक्तृत्कला, कक्षा ६ देखि ८ बीचकालाई निवन्ध लेखन र चित्रकला, कक्षा ४ देखि ५ बीचकालाई चित्रकला र हिसाबदौड तथा म्युजिकल चेयरमा स्पर्धा गराइएको थियो । त्यसैगरी कक्षा १ देखि ३ बीचका बालबालिकालाई बेलुन सेभ र भित्र–बाहिर खेलमा प्रतिस्पर्धा गराइएको थियो । 

 

त्यस्तै विद्यालयको शैक्षिक गुणस्तर सुधारसम्बन्धी वकृत्वकलामा साकेला माविकी भोजना फुयल प्रथम, सिद्देश्वरीकी सुरक्षा तामाङ दोस्रो र राधाकृष्ण माविकी करुणा बस्नेत तेस्रो भईन् । कक्षा ६–८ बीच भएको निबन्ध लेखन प्रतियोगितामा सरस्वती माविका दिपेश रोकाय प्रथम, सिद्देश्वरीकी रोजिना तामाङ दोस्रो र चण्डेश्वरी आधारभूत विद्यालय डाँडागाउँका दिप्सुहाङ राई तेस्रो भए । कक्षा ६–८ कै चित्र लेखनमा सरस्वती माविका निहाङ राई प्रथम, सोही माविमा आरोन यादव दोस्रो र बालबालिका माविकी प्रिया तामाङ तेस्रो भएका छन् । कक्षा ६–८ बीच भएको म्यूजिकल चेयरमा सरस्वती माविका सुजन विक प्रथम, साकेला माविका अभिषेक राई दोस्रो र सिद्देश्वरी माविकी शान्तिकला राई तेस्रो भए । 

 

कक्षा ४–५ बीचको हिसाब दौडमा प्रतिभा आधारभूत विद्यालय मात्तिमका हिमाल राई प्रथम, साल्मे आधारभूत विद्यालय रतन्छाका अदित राई दोस्रो र पञ्चकन्या आधारभूत विद्यालय मात्तिमकी किया राई तेस्रो भईन् । कक्षा ४–५ कै चित्र लेखनमा साकेला माविका आशिष लिम्वु प्रथम, सरस्वती माविकी आरोशी रोकाय र साकेला माविकी दिपिना राई तेस्रो भए । 

 

त्यसैगरी कक्षा १–३ को भित्र बाहिर खेलमा साकेला आधारभूत विद्यालयका मनोज कटवाल प्रथम, पञ्चकन्या आधारभूत विद्यालय सुर्केकी सोफिया खत्री र पञ्चकन्या आधारभूत विद्यालय मात्तिमकी मुना राई क्रमशः दोस्रो र तेस्रो भए । कक्षा १–३ कै बेलुन सेभ प्रतियोगितामा पञ्चकन्या आधारभूत विद्यालयका एकराज खत्री प्रथम, बालबालिका माविका मिनकुमार चाहार दोश्रो र सरस्वती माविका दिनेश राई तेस्रो भए । 

 

विजेता विद्यार्थी र विद्यालय परिवारलाई गाउँपालिका अध्यक्ष रविप्रकाश राई र उपाध्यक्ष बिर्सिका राईले पुरस्कार तथा प्रमाणप वितरण गरेका थिए । अध्यक्ष र उपाध्यक्षसँगै गाउँपालिकाका प्रवक्ता तथा ५ नम्बर वडाध्यक्ष जीवन खत्री, साकेला माविका प्रअ शिवेन्द्रकुमार राई, सरस्वती माविका प्रअ शितल राई, सिद्देश्वरी माविका प्रआ युवराज कटवाल, बालबालिका माविका प्रअ कुमार ढकालले पनि पुरस्कार र प्रमाणपत्र वितरणमा सहयोग गरेका थिए ।