किसान महासंघमा वास्तोला 

९ महिना अघि

२0८0 मंसिर २६ मंगलवार
किसान महासंघमा वास्तोला 

उदयपुर, मंसिर २६


नेकपा (माओबादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को अध्यक्षमा शिवप्रसाद बास्तोला चुनिएका छन् । सोमबार सदरमुकाम गाईघाटमा भएको महासंघको प्रथम त्रियुगा नगर सम्मेलनले बास्तोलाको अध्यक्षतामा ५५ सदस्यीय कमिटि चयन गरेको हो । 


त्रियुगा बसपार्कस्थित पार्टी कार्यालयमा आयोजित सम्मेलनले उपाध्यक्षमा प्रदिप राउत, रुकमिणा खडका अधिकारी, मोहम्मद कुरमानलाई छानेको छ भने सचिबमा योगेन्द्र अधिकारी, सहसचिब गंगा खत्री र कोषाध्याक्षमा रेखा बिक चयन भएका छन् । सम्मेलन ले ७ सदस्यीय पदाधिकारी र ५५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको ३ सदस्यीय  र्निााचन मण्डलका संयोजक रामभक्त यादवले बताए । 


निर्वाचन मण्डलकी सदस्य शाबित्रा थापाका अनुसार सम्मेलनमा ९५ जना किसान महासंघका सदस्यहरुको उपस्थिति रहेको थियो । एमालेसँग अपबित्र गठबन्धन भई नेकपा हुनुपूर्ब भएको सम्मेलनपछि यो नै पहिलो नगर सम्मेलन भएको पार्टीले जनाएको छ । नेकपा माओवादी केन्द्रको पुनर्गठनपछिको प्रथम सम्मेलनले नगरस्तरीय भेला गरी समितिलाई पुनर्जीवन दिइएको पार्टी नेताहरुले बताउका छन् । नेताहरुले किसान महासंघजस्तै अन्य भ्रातृ तथा भगिनी संगठनहरुको पनि भेला र सम्मेलनहरु निरन्तर गर्दै लाने क्रम चलिरहेको बताएका छन् । 


महासंघका उपाध्यक्ष, प्रदेश १ का इन्चार्ज तथा माओबादी पार्टी केन्द्रीय सदस्य ईन्चार्ज केपी बरालको प्रमुख आतिथ्य, संविधानसभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य मोहन खत्री, प्रदेस सदस्य द्रोण पौडेल, जिल्ला समन्वय कमिटी सचिव किरण राई, नगर इन्चार्ज बिमल किराँती, महासंघ केन्द्रीय सचिबालय सदस्य तथा प्रदेस १ सहसंयोजक रुद्र अधिकारीलगायतले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।


कार्यक्रममा पार्टी त्रियुगा नगर पार्टी अध्यक्ष मानबहादुर राई, नगर कमिटी सचिब कुरुङ राई, महासंघ अनुसासन आयोग प्रदेस १ प्रमुख दुर्गाबहादुर बुर्जा, जिल्ला संयोजक नरबहादुर कार्की, नगर पार्टी महासंघ केन्द्रीय सल्लाहकार रामकृष्ण राजधामीलगायतको पनि उपस्थिति थियो । त्यसैगरी राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष मेम बिक, अनेमसंघ (क्रान्तिकारी केन्द्र) नगर अध्यक्ष बिना राईसमेतको उपस्थिति रहेको सम्मेलनले किसानहरुमा उर्जा र जाँगर बढाउएको पार्टी नेताहरुले बताएका छन् । 


पार्टीले गत भदौ १६ गतेदेखि देशव्यापी सञ्चालन गरिरहेको ‘जनतासँग माओबादी रुपान्तरण अभियान’ अन्तर्गत त्रियुगा नगर कमिटीले व्यापक र युद्धस्तरमा पार्टी गतिबिधि अघि बढाईरहेको छ । घरघरमा माओबादी, जनजनमा माओबादी भन्ने नाराका साथ सञ्चालित अभियानको सिलसिलामा नगरपालिकाका १६ वटै वडा र टोलटोलसम्म गतिबिधिहरु सञ्चालन भईरहेका छन् । यसै क्रममा जनवर्गीय संगठनहरुको पनि भेला, छलफल, सदस्यता नवीकरण र लेवी संिकलनका कार्यक्रम भईरहेको नगर कमिटी अध्यक्ष मानबहादुर राईले बताएका छन् ।