ग्यारेजमा लागेको आगोले अढाई करोड नोक्सान 

९ महिना अघि

२0८0 मंसिर २५ सोमबार
ग्यारेजमा लागेको आगोले अढाई करोड नोक्सान 

बिन्द्र राई
उदयपुर, मंसिर २५

अघिल्लो साँझ सदरमुकाम गाईघाटमा आगलागी हुँदा अढाई करोड बराबरको धनमाल नष्ट भएको छ । त्रियुगा नगरपालिका ११ गाईघाट टेम्पोचोकस्थित मोटरसाईकल ग्यारेजबाट सल्केको आगो अन्यत्र संक्रमण हुँदा २ करोड  ४५ लाख ८० हजार मूल्य बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।


त्रियुगा माविको पुरानो भवनका कोठामा भाडामा सञ्चालित ग्यारेज, साईकल पसल, किराना र माछा पसलमा आगोले पूर्ण रुपमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । आगोले मर्मतका लागि राखिएका मोटरसाईकल कुलिङ मेसिन, डिफ्रीज, साईकललगायत सबै सामग्री जलाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताए । 

 

थप क्षति हुन नदिन जेसिबीको सहायताले आसपासका पसल र होटलका कोठाहरु भत्काइएको थियो । आगो नेपाल प्रहरी, शसस्त्र  र त्रियुगा तथा चौदण्डीगढी नगरपालिकाबाट ल्याइएका दमकलको सहायताले नियन्त्रणमा लिइएको थियो ।