भरुवा बन्दुकसहित महिला पक्राउ

९ महिना अघि

२0८0 मंसिर २४ आईतवार
भरुवा बन्दुकसहित महिला पक्राउ

उदयपुर, मंसिर २४ 

उदयपुरको बेलका नगरपालिकाबाट एक महिला भरुवा बन्दुकसहित पक्राउ परेकी छिन् । बेलका नगरपालिका ४ की ४७ वर्षीया दुर्गा विश्वकर्मा २ नाल भरुवा बन्दुकसहित शनिबार पक्राउ परेही हुन् ।

 

घरमा अवैध हतियार राखेको भन्ने विशेष सुराकीका आधकारमा इलाका प्रहरी कार्यालय रामपुर ठोक्शीलाबाट खटेको टोलीले विश्वकर्माको घर खानतलासी लिँदा २ लान बन्दुक लुकाईछिपाई राखेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।   शनिवार साँझ खटिएको प्रहरी टोलीले बन्दुक र विश्वकर्मालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । 


विश्वकर्मालाई इप्रका रामपुरमै राखेर घटनाबारे थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।