लागू औषधसहित ९ जना पक्राउ 

९ महिना अघि

२0८0 मंसिर २३ शनिबार
लागू औषधसहित ९ जना पक्राउ 

उदयपुर, मंसिर २३

उदयपुर र मोरङ प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित सात जनालाई पक्राउ गरेको छ । शुक्रवार दिउँसो उदयपुरको त्रियुगा नगरपालिका ६ स्थित लालपत्ता प्रहरी चौकीबाट खटिएको टोलीले त्रियुगा २ का २४ वर्षीय सुरेन्द्र बस्नेतलाई पक्राउ गरेको हो । बस्नेतको साथबाट प्रहरीले प्रतिबन्धित डाईजेपाम, बुप्रिनोरफीन र फेनारागन ९ एम्पुल औषधी बरामद गरेको जनाएको छ । उनलाई जिल्ल ाप्रहरी कार्यालय ल्याएर अनुसन्धान सुरु भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाउको छ । 


त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका १६ दरैयाबाट खटेको लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेका बिराटनगर महानगरपालिका ९ का ३३ वर्षीय जिवन तामाङ, खाँदबारी नगरपालिका ७, संखुवासभाका २८ वर्षीय हिरालाल बिश्वकर्मा रहेका छन् । उनीहरुको साथबाट १ ग्राम ४८ मिलिग्राम ब्राउनसुगर बरामद भएको छ । 

 

सोही दिन मिक्लाजुङ गाउँपालिका ९ का ३० वर्षीय सरोज मण्डल र उर्लाबारी नगरपालिका ५ का २४ वर्षीय रमेशसिंह लिम्बु पनि १ ग्राम १८ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् । त्यस्तै बिराटनगर १५ बाट प्रतिबन्धित औषधी कुडिवेल कफ सिरप, २ बोतल, निट्रोभल १० र स्पासमो २४ ट्याप्लेटसहित ईटहरी उपमहानगरपालिका ४ का ४० वर्षीय खेमराज श्रेष्ठ र ईटहरी ८ का ४६ वर्षीय पंकज सिंह पक्राउ परेका छन् । 


उनीहरु सबैलाई आआफ्नो जिल्लाको प्रहरी कार्यालयमा थुनामा राखी अनुसन्धान कार्य अघि बढाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।