श्रीमान् हत्याको आरोपमा श्रीमति पक्राउ

९ महिना अघि

२0८0 मंसिर १९ मंगलवार
श्रीमान् हत्याको आरोपमा श्रीमति पक्राउ

उदयपुर, मंसिर १९ 

श्रीमान् हत्या आरोपमा उदयपुर प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । ६० वर्षीय श्यामबहाुदर राईको हत्या आरोपमा त्रियुगा नगरपालिका ५ दमौटीकी श्रीमति  ५० वर्षीया निरकुमारी राई पक्राउ परेकी हुन् । 

 

श्यामबहादुरको हत्या भएको ३ दिनपछि मंगलबार उनी पक्राउ परेकी हुन् । श्रीमान्को हत्या गरी नजिकै जंगलमा खाल्डो खनेर पुरेपछि निरकुमारीले भोलिपल्टदेखि श्रीमान् हराएको भन्दै खोज्दै गाउँ चाहारेकी थिईन् । तर, सँधैजसो झगडा गर्ने गरेका उनीहरुको विषयमा जानकार गाउँलेहरुले केरकार गर्दा आफैले मारेर गाडेको स्वीकार गरेको प्रहरीले जनाएको छ । 


गलबार गाडिएको उनका श्रीमान्को शव बरामद गरेर पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताए । उनका अनुसार ३ दिनअघिको घट्ना भए पनि गाउँलेले मंगलबार मात्र जानकारी गराए अनुसार टोली खटेर घट्नाको कानुनी प्रक्रिया पुरा गरिएको हो । 


प्रारम्भिक जानकारी अनुसार घरायसी बिबादमा झगडा हुँदा श्यामबहाुदरलाई उनैले लगाईरहेको गलबन्दीले घाँटीमा बेरेर हत्या गरेको खुलेको डिएसपी चौधरीले बताए । तर, अझै बिस्तृत अनुसन्धान गर्न भने बाँकी रहेको उनले बताएका छन् । 


गाउँलेहरुले १६ गते राति श्रीमान् श्रीमतिबीच चर्को स्वरले बादबिबाद गरेको सुनेको  भोलिपल्ट निरकुमारी ‘बाख्रा चराउन जंगल गएको बुढो हरायो’ भन्दै गाउँभरी खोज्दै हिडेकी थिईन् । हराएको श्रीमान् पत्ता लगाउन भन्दै उनले स्थानीय बिजुवा (धामी)लाई हातसमेत हेराएकी थिईन् । धामीले हात हेर्दै ‘मान्छे मरिसक्यो, तेरै हातबाट मरेको देखिन्छ’ भन्दै सत्यतथ्य भन्न लगाएपछि गाउँलेले पनि साथ दिएर केरकार गरेका थिए । 

 

अन्तिमा उनले घट्ना आफैले घटाएको भन्दै रिसको झाँेकमा बुढाले लगाएको गलबन्दीले घाँटीमा कस्दा मरेको बताएकी थिईन् । उनीहरुका १८ वर्षीय एक छोरा भएको तर, घट्नाबारे घरमा नभएको स्थानीयले बताएका छन् ।