ताप्लीका अपाङ्गता भएकाहरुलाई गाउँपालिकाको वैशाखी

९ महिना अघि

२0८0 मंसिर १८ सोमबार
ताप्लीका अपाङ्गता भएकाहरुलाई गाउँपालिकाको वैशाखी

उदयपुर, मंसिर १८

‘३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस’को अवसर पारेर उदयपुरको बिकट पहाडी ताप्ली गाउँपालिकाका फरक क्षमता भएका नागरिकहरुलाई बैशाखी र ह्वील चेयर उपलब्ध गराएको छ । गाउँपालिकाकाले फरक क्षमता भएकाहरुलाई सहजरुपमा हिडडुल गर्न सहयोग गर्ने उदेश्यले बिभिन्न वडाका १८ जनालाई बैशाखी र ह्वील चेयर उपलब्ध गराएको हो । 


दिवसको अवसरमा आइतबार आयोजित एक कार्यक्रममा गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्मा र उपाध्यक्ष धना मगरले बैशाखी र ह्वीलचेयर बितरण गरे । जसमा १२ जनालाई बैशाखी दिइएको छ भने ८ जनाले ह्वील चेयर पाएको प्रमुख प्रशासकीय अधिकृत भक्त राईले बताए । 


सामग्री हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष विश्वर्कमाले अपाङ्गता भएका नागरिकलाई हिडडुल गर्न सहज होस् भनेर सहायक सामग्री दिइएको बताए । उनले फरक क्षमता भएकाहरु पनि कुनै न कुनै सिप सिकेर उद्यम व्यवसाय गरी आयआर्जनमा लाग्नुपर्ने बताए । फरक क्षमता भएकाहरुलाई सीप सिकाउन गाउँपासलिकाले आवश्यक बजेट बिनियोजन गरेको भन्दै उनले अपाङ्गता भए पनि तालिम लिएर दक्ष भई आयआर्जनमा लाग्न सके सामाजिक पुनस्र्थापना हुने बताए । 


अध्यक्ष विश्वकर्माले फरक क्षमता भएका नागरिकको सामाजिक पुनस्र्थापनाका लागि स्थानीय सरकारलाई प्रदेश र संघीय सरकारले पनि सहयोग गर्नुपर्ने बताए । फरक क्षमता भएकाहरुलाई सक्षम बनाएर सामाजिक पुनस्र्थापना गराई स्वास्थ, शिक्षा र जिविकोपार्जनमा अघि बढाउन समन्वयकारी भूमिका खेल्न पनि उनले सबैलाई आग्रह गरे । 


प्रमुख प्रशासकीय अधिकृत राईका अनुसार फरक क्षमता भएकाहरुलाई सहायक सामग्री गाउँपालिका, प्रदेश सरकार र करुणा फाउन्डेसनको साझेदारीमा बितरण गरिएको हो । फरक क्षमता भएका अन्य नागरिकलाई पनि सहायक सामग्री बितरण गर्ने कार्यक्रम रहेको पनि अधिकृत राईले बताएका छन् । 
गर्नुपर्छ मिल्छ हजुर । नमिलेर सुख ??