लघुबित्तको शोषणविरुद्ध आन्दोलनकारीको ९ बुदे माग

९ महिना अघि

२0८0 मंसिर १५ शुक्रबार
लघुबित्तको शोषणविरुद्ध आन्दोलनकारीको ९ बुदे माग

बिन्द्र राई
उदयपुर, मङ्सिर १५

लघुबित्त र बित्तीय संस्थापीडितहरुले बिभिन्न माग राख्दै आन्दोलन चर्काएका छन् । लघुबित्त र बित्तीय संस्थाको शोषणविरुद्ध गठित संघर्ष समितिले बिभिन्न ९ बुँदे माग राखेर आन्दोलन चर्काएको हो । 


संघर्ष समितिले शुक्रबार गाईघाटमा बजारव्यापी प्रदर्शन गर्दै ‘बाचौ, बचाऔ र अघि बढौ तथा सुशासन, न्याय र समृद्धिको लागि एक हौ’ भन्ने नारासहित सो माग अघि सारेको हो । बित्तीय संस्था र लघुबित्त पीडितहरुको जुलुस सदरमुकाम गाईघाट बजारको परिक्रमा गरी स्थानीय लोकतान्त्रिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । 

 

कोणसभामा संघर्ष समितिमा आबद्ध पीडितहरुले सरकारसँग नवसामन्तीको रुपमा स्थापित लघुबित्त सस्थाहरु खारेज गर्न, लगुबित्त सस्थाद्वारा लगाईएको सामूहिक ऋण मिनाहा गर्न, आम गरिव  किसानहरुलाई निःशूल्क ऋण प्रदान गर्न माग गरेका थिए । त्यसैगरी आबश्यकता र क्षमतामा आधारित काम र दाम ब्यबस्था गर्नलगायत ९ बुदे माग राखेका छन् । 

 

कोणसभामा लघुबित्त सस्थाविरुद्ध संघर्ष समिति नेपाल तथा राष्ट्रिय स्वयंसेवक नेपालका केन्द्रीय अध्यक्ष मनोज पौडेलले लघुबित्त र बित्तीय सस्थाहरुले आम गरिव नागरिक, किसानहरुलाई गरेको बित्तीय शोषणविरुद्ध देशब्यापी आन्दोलन जारी रहेको बताए । उनले संघर्ष समितिले उठाएका ९ बुँदे मागहरुप्रति सरकारको ध्यानाकर्षण गराउँदै सो माग तत्काल पुरा गर्न सरकारसमक्ष माग गरे । 


आफ्ना मागहरु पुरा नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिदै अध्यक्ष पौडेलले लघुबित्तहरु शोषण र आर्थिक दमनको प्रमुख माध्याम भएको भन्दै त्यसबिरुद्ध तत्काल राज्यले ध्यान दिन माग गरे । सर्बसाधारण जनताले बचत गरेको रकम हरेक बहाना गरेर फिर्ता नदिने, तर लगानी गरेको ऋणको भने जवरजस्ती भनेकै बेला दोब्बर तेब्बर व्याज लिएर चरम शोषण गरेको उनको भनाई थियो । 


यस्तो प्रबृत्ति लघुबित्तहरुले छाड्नुपर्ने र सर्वसाधारणलाई झुक्याएर लिएको बढी व्याज, हर्जाना र बचत रकम फिर्ता गर्नुपर्ने माग पनि आफुहरुको रहेको पौडेलले बताएका छन् ।