लागू औषधका फरार अभियुक्त पक्राउ 

९ महिना अघि

२0८0 मंसिर १३ बुधबार
लागू औषधका फरार अभियुक्त पक्राउ 

उदयपुर, मंसिर १३

लागू औषधका एक फरार अभियुक्त प्रहरी नियन्त्रणमा परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुृरबाट खटेको टोलीले जिल्ला अदालतबाट दोषी करार भएका लागूऔषध मुद्धाका फरार रहेका त्रियुगा नगरपालिका १३ का ३५ वर्षीय प्रशान्त कार्की पक्राउ परेका हुन् । 

 

अदालतबाट दोषी करार भए पनि फरार सूचीमा रहेका कार्कीलाई खोजी गर्ने क्रममा आफ्नै घरमा भेटिएपछि घर खानतलासी गर्दा थप लागूऔषधसमेत बरामद भएको प्रहरीले जनाएको छ । उनको घरबाट प्रतिबन्धित ब्राउनसुगर १ ग्राम ९ सय १० मिलिग्राम बरामद भएको छ । 

 

उनलाई जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताएका छन्।