लागू औषध र किर्ते मुद्धाका २ पक्राउ 

९ महिना अघि

२0८0 मंसिर १२ मंगलवार
लागू औषध र किर्ते मुद्धाका २ पक्राउ 

उदयपुर, मंसिर १२ 

उदयपुरमा लागूऔषध मुद्धा र सरकारी दस्तखत किर्ते गरेको अभियोगमा फरक फरक ठाउँबाट २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले मंगलबार बेलका नगरपालिका १ आमबासीबाट सप्तरीका एक नागरिक र सदरमुकाम गाईघाटबाट अर्कालाई पक्राउ गरेको हो । 


आमबासीबाट लागू औषध ब्राउनसुगरसहित सप्तरीको सप्तकोशी नगरपालिका १ का २७ वर्षीय सयद महमद अफजलाई पक्राउ गरेको जनाएको छ । उनको साथबाट ३५ ग्राम ७ सय ६० मिलिग्राम ब्राउनसुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


त्यसैगरी त्रियुगा नगरपालिका ११ का ४७ वर्षीय गुरुप्रसाद ढकाललाई सरकारी लिखत किर्ते गरेको आरोपमा पक्राउ गरकेो छ । गरपालिकाका तत्कालीन राजश्व शाखा प्रमुख तथा राजश्व परामर्श समितिका सदस्य सचिव रहे्का ढकाललाई सरकारी कागजातमा किर्ते हस्ताक्षर गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । 


सरकारी दस्तखत किर्ते मुद्धामा फरार रहेका उनी खोजीको क्रममा सोमबार पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरु दुवैलाई जिल्ला अदालत उदयपुरबाट म्याद थप गरेर अनुसन्धान कार्य भर्इरहेको प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताए ।