फरार २ अभियुक्त पक्राउ 

९ महिना अघि

२0८0 मंसिर १२ मंगलवार
फरार २ अभियुक्त पक्राउ 

उदयपुर, मंसिर १२

एकपछि अर्को गरी फरार अभियुक्त पक्राउ पर्ने क्रममा उदयपुरमा थप २ जना सोमबार पक्राउ परेका छन् । त्रियुगा बसपार्कस्थित अस्थायी प्रहरी पोष्टबाट खटेको टोलीले चोरी मुद्धामा जिल्ला अदालतबाट कसुर ठहरिए पनि भाग्दै आएका फरारलाई पक्राउ गरेको हो । 


अदालतले चोरी अभियोगमा अपराधी करार गरे पनि भाग्दै आएका त्रियुगा नगरपालिका ३ का २४ वर्षीय कलाम मोहमद र सोही वडाका २५ वर्षीय अहमद कलामुद्धिनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 


प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीका अनुसार अदालतले उनीहरु दुवैलाई जनही ११ महिना ४ दिन कैद तथा १० हजार जरिवानाको सजाय तोकेको छ । 


पक्राउ दुवैलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक प्रक्रियापछि फैसला कार्यन्वयनका लागि जिल्ला अदालत पठाइएको डिएसपी चौधरीले बताए ।