माओबादीको आधिकारिक वेवसाईट आजबाट सुरु

९ महिना अघि

२0८0 मंसिर ११ सोमबार
माओबादीको आधिकारिक वेवसाईट आजबाट सुरु

काठमाडौ्रँ, मंसिर ११

नेकपा (माओबादी केन्द्र)को आधिकारिक वेवसाईट आजदेखि सुरु भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा सोमबार आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले वेवसाईटको औपचारिक रुपमा सार्वजनिक गरे । 


वेबसाईटमा पार्टीका सम्पूर्णं गतिबिधिहरु सर्वसाधारणसम्मलाई जानकारी गराउन मिल्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री प्रचण्डले वेबसाइट सार्वजनिक गर्दै वर्तमान डिजिटल युगमा पार्टीको काम कारबाही पनि सूचना प्रविधिमार्फत छिटो छरितो र भच्र्युअलमार्फत गर्न, देख्न र जान्न पाउने व्यवस्था गरिएस्को बताए । 


पार्टी निकट प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलका अनुसार वेवसाईट सार्वजनिक गर्ने कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीलाई गति दिदै जनहित केन्द्रित बनाउनुपर्नेमा जोड दिएका थिए । वर्तमान सरकार भ्रष्टाचारको बिरुद्ध, सुशासन र न्यायको पक्षमा वकालत गर्ने अहिलेसम्मकै राम्रो सरकार भएकाले सबैले सहयोग गर्न पनि उनले आग्रह गरेका थिए ।

 

पार्टीको वेवसाईट ठेगाना www.cpnmc.org रहेको छ । वेबसाईटको सञ्चालनले सहरदेखि गाउँसम्म र देशदेखि विदेशका कुनाकुनासम्म पार्टीको आधिकारिक जानकारी नेता कार्यकर्ता र जनताले पाउन सहज हुने पार्टी मुख्यालयले जनाएको छ ।