वनभोज खान गएको स्कुल बस दुर्घटनाः २ बालबालिका र चालकको निधन 

१0 महिना अघि

२0८0 मंसिर ९ शनिबार
वनभोज खान गएको स्कुल बस दुर्घटनाः २ बालबालिका र चालकको निधन 

उदयपुर, मंसिर ९


शनिबार मध्यान्ह स्कुल बस दुर्घटनामा पर्दा दुई बालबालिका र चालकको ज्यान गएको छ । त्रियुगा नगरपालिका ६ देउरीस्थित अन्नपूर्ण बोर्डिङको बस वनभोज  खान गएर फर्कने क्रममा दुर्घटना हुँदा त्यसमा सवार ३९ मध्ये चालक ४० वर्षीय भिखन चौधरी, ७ वर्षीया सोनिया चौधरी र ६ वर्षीय विकास चौधरीको निधन भएको हो । 


विद्यार्थी र अभिभावक सवार विद्यालयको प्र १–०५–००१ ख ००४४ नं. को बस मदन भण्डारी लोकमार्गको उदयपुरगढी ७ अँधेरीस्थित जोगीनीटोलको घुम्तीमा दुर्घटनामा परेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । आफै अनियन्त्रित भई सडकमुनि खसेर उत्तानो हुने गरी दुर्घटनामा परेको छ । 


विद्यालय सञ्चालकहरु केही अभिभावक र विद्यार्थी लिएर उदयपुरगढी ७ अँधेरीस्थिस्त अँधेरी झर्नामा वनभोज खान गएर फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताएका छन् । र्घटनामा परेकामध्ये अवस्था गम्भीर भएका ११ जनालाई धरान र बिराटनगर रिफर गरिएको अस्प्ताल प्रमुख डा. ज्ञानेन्द्रकुमार झाले बताए । अन्य घाईतेहरुको जिल्ला अस्पतालमै उपचार भईरहेको र अवस्था सुधारोन्मुख रहेको डा. झाले बताउका छन् ।


दुर्घटनालगत्तै स्थानीय संगम चोक चौकी, इलाका प्रहरी कार्यालय जलजले र सदरमुकाम गाईघाटबाट खटेको टोली घट्नास्थल पुगेर घाईतेहरुको उद्धार गरी अस्प्ताल ल्याएको थियो । घाईतेहरुको नाम ठेगाना सबै खुलिनसके पनि धेरैजसो विद्यार्थी र अभिभावक भएका कारण देउरी जलजले आसपासकै हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।