सुनकोसी भलिबलको उपाधि आयोजकलाई 

१0 महिना अघि

२0८0 मंसिर ८ शुक्रबार
सुनकोसी भलिबलको उपाधि आयोजकलाई 

ताप्ली, कात्तिक ८


ताप्ली गाउँपालिकाको रुपाटामा आयोजित वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि आयोजक सुनकोसी युबा क्लब रुपाटारले पाएको छ । मंसिर ४ देखि ६ गतेसम्म सञ्चालित खुल्ला पुरुष भलिबल प्रतियोगितामा आयोजकले भानुगङ्गा युबा क्लब कटहरे ताप्ली ५ लाई पराजित गर्दै उपाधि रक्षा गरेको हो । तेस्रो स्थान शिखर समुह थुम्की ठानागाउ ताप्ली ४ भएको आयोजक क्बलेजनाएको छ ।


विजयी टोलीले ३० हजार नगद, ट्रफि र प्रमाणपत्र पुरस्कार पाएको छ । त्यसैगरी उपविजेता भानुगंगाले २० हजार नगदका साथ सिल्ड, मेडल र प्रमाणपत्र पाउँदा तेस्रो हुने शिखर समूह थुम्कीले १० हजारसँगै सिल्ड मेडल र प्रमाणापत्र पाएको छ । 

 

गाउँपालिका केन्द्र ५ रुपाटार खेल मैदानमा सम्पन्न प्रतियोगितामा ५ वटै वडाका खेलाडीहरु टिमको सहभागिता थियो । प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष ढुंगराज विक र उपाध्यक्ष धना मगरले संयुक्त रुपमा गरेका थिए ।


बिभिन्न १६ टिमको सहभागिता रहेको प्रतियोगिता आयोजक सुनकोसी युवा क्लबकै आन्तरिक बजेट लगानीमा सम्पन्न भएको हो । भलिबल खेलमा अब्बल सावित हुँदै आएको ताप्लीले हरेक वडामा यस्ता प्रतियोगिताहरु गर्दै आएको स्थानीय शिक्षक मिलन लो तामाङले बताए ।