थप २ फरार पक्राउ 

१0 महिना अघि

२0८0 मंसिर ७ बिहीबार
थप २ फरार पक्राउ 

उदयपुर, कात्तिक ७

जिल्ला प्रहरी कार्यालय उदयपुरले बिहीबार थप दुई फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरीबाट खटेको टोलीले अदालतबाट दोषी सावित भई सजाय तोकिए पनि फरार रहेका २ प्रतिवादीलाई पक्राउ गरेको हो । 


अदालती फैसला अनुसार १५ दिन कैद र १ हजार रुपैँया जरिबाना सजाय तोकिएका बेलका नगरपालिका ३ का महेन्द्र राई र उत्तिकै कैद र सोही रकम बराबरको जरिबाना सजाय तोकिएकी बेलका नगरपालिका ४ की मायादेवी बस्नेत पक्राउ परेका हुन् । 


उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याएर तोकिएको सजाय भुक्तानीका लागि जिल्ला अदालतको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।