२ फरार अभियुक्त पक्राउ 

१0 महिना अघि

२0८0 मंसिर ६ बुधबार
२ फरार अभियुक्त पक्राउ 

गाईघाट, कात्तिक ६

यहाँका २ फरार अभियुक्त प्रहरी नियन्त्रणमा परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय बेलटारको टोलीले छुट्टाछुट्टै स्थानबाट बुधबार फरार अभियुक्तहरुलाई पक्राउ गरेको हो । 


प्रहरीले उदयपुर जिल्ला अदालतको फैसला अनुसार सवारी ज्यान मुद्धामा १ वर्ष ११ महिना  ८ दिनको कैद सजाय तोकिएका चौदण्डीगढी नगरपालिका १ का २१ वर्षीय सुर्य परियारलाई नियन्त्रणमा लिएको छ । 


त्यसैगरी लागूऔषध मुद्दामा ११ महिना ५ दिन कैद र ५ हजार रुपैँया जरिवाना सजाय तोकिएको ताप्ली गाउँपालिका १ का २४ वर्षीय पुकार भन्ने लेखबहादुर मगर पक्राउ परेको जिल्ल प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

 

उनीहरु दुवैजनालाई बिहीबार फैसला कायान्वयनका लागि जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ ।