भूकम्प पीडितलाई राहत दिन त्रियुगा नगरप्रमुख जाजरकोट जाँदै 

१0 महिना अघि

२0८0 मंसिर ४ सोमबार
भूकम्प पीडितलाई राहत दिन त्रियुगा नगरप्रमुख जाजरकोट जाँदै 

उदयपुर, मंसिर ३

गत कात्तिक १७ गते जाजरकोट गएको भूकम्पबाट पीडितलाई राहत उपलब्ध गराउन त्रियुगा नगरप्रमुख बसन्त बस्नेत मंगलबार त्यसतर्फ जान लागेका छन् । भूकम्प पीडितलाई त्रियगुा नगरपालिकाको तर्फबाट राहत उपलबध गराउन मेयर बस्नेत मंगलबार विहान जाजरकोट जान लागेका हुन् । 


मेयर बस्नेतले सोमबार साँझ पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएका छन् । उनका अनुसार नगरपालिकाकै २ वटा टिपरमा खाद्यान्न (चामल) र अखाद्य सामग्री लिएर मंगलबार विहान ५ः०० बजे हिड्ने टोली जाजरकोट पुगेर त्यहाँका प्रमुख जिल्ला अधिकारीलाई राहत हस्तान्तरण गर्ने कार्यक्रम राखिएको छ ।    


त्रियुगाले भूकम्प पीडितहरुलाई ८ लाख ८५ हजार रुपैँया बराबरको राहत सामग्री उपलब्ध गराउने मेयर बस्नेतले बताए । उनका अनुसार ३ लाख ८३ हजार ५ सय बराबरको ५ हजार ९ सय किलो चामल, २६ हजार ४ सय ४२ रुपैँया बराबरको ७८ मिटर म्याट, ९८ हजनार ९ सय ६५ रुपैँया बराबरको २ सय ९० थान न्यानो कपडा, १ लाख १ हजार ६ सय बराबरको ब्लाङ्केट राहत स्वरुप उपलब्ध गराउने भएको छ । त्यसैगरी ६ हजार मूल्यको ४ थजान ठूलो साईजका त्रिपाल ५४ हजार बराबरको १ हजार २ सय थान सेनिटरी प्याड र १ लाख १५ हजार मूल्य बराबरको ४८ प्रकारका औषधि पनि नगरपालिको पीडितलाई उपलब्ध गराउने छ । 


नगरपालिकासँग भूकम्प पीडितलाई दिने राहत कार्यक्रममा त्रियुगा उद्योग बाणिज्य संघ गाईघाट, ओरेक उदयपुर र पिसजोन एकेडेमीका निर्देशक डा. कैलाश राईले पनि सहयोग गरेका छन् । उद्योग बाणिज्य संघले १ लाख बराबरको १ सय थान त्रिपाल सहयोग गरेको छ भने ओरेक नेपालले १३ हजार बराबरको बालबालिका, महिला र गर्भवतिका लागि न्यानो कपडा सहयोग गरेको छ । त्यसैगरी पिसजोन एकेडेमीका निर्देशक डा. राईले ५७ थान न्यानो कपडा सहयोग गरेको बस्नेतले बताए । 


मेयर बस्नेतले खाद्यान्न, लत्ता कपडासँगै औषधि, सेनिटरी प्याड, चिसोमा ओछ्याउने म्याट, त्रिपाल पनि राहत सामग्रीमा समेटिएको बताए । मेयर बस्नेतको टोलीमा मुलुकी दैनिकका संपादक बुद्धि चामलिङ, उद्योग बाणिज्य संघका अध्यक्ष रमेश रसाईली र केही वडाध्यक्षहरु पनि सम्मिलित हुने बस्नेतका प्रेस सल्लाहकार खेमराज दाहालले बताए ।