उदयपुरमा छठ धुमधाम  

१0 महिना अघि

२0८0 मंसिर ३ आईतवार
उदयपुरमा छठ धुमधाम  

बिन्द्र राई

उदयपुर,मंसिर ३ 

उदयपुरमा छठ पूजा धुमधामसँग मनाइदै छ । छठ पुजाको तयारीले सदरमुकाम गाईघाट आसपासका त्रियुगा, बरुवा, लुहाले खोला र आसपासका जलासयहरु झकिझकाउ पारिएको छ । 


त्यसैगरी त्रियुगा आसपासका पोखरी,  खोलानाला र जलासयहरु सबै ठाँउमा घाट निर्माण गरी पुजा स्टल बनाइएको छ । त्रियुगामा छठ पुजा समिति गठन गरी पुजाको तयारी गरिएको छ । त्यसैगरी कटारी नगरपालिका १ को त्रिबेणी नदी, बेलका र चौदण्डीगढीका बिभिन्न खोला नदी र जलासयमा छठ पुजाको तयारी भईरहेको छ । छठ पर्वले खेला नदीसँगै बजारमा पनि रौनक बढेको छ । 


पहिलो दिन शनिबार साँझ नदिमा उभिएर अस्ताउदो सूर्यलाई अघ्र्य चढाएर बिधिवत रुपमा पूजा सुरु गरी रातभर जाग्राम बसेर पूजा आजा गर्ने र आईतबार विहानको उदाउदो सूर्यलाई जल चढाएर पूजाको बिधिवत समापन गरिने परम्परा रहिआएको छ । 


त्रियुगामा यसवर्ष झण्डै १ हजार पुजा स्टलको घाट निर्माण गरिएको पुजा समितिले जनाएको छ । त्यसैगरी स्वागत गेट, सांस्कृतिक कार्यक्रमस्थल र छठी मन्दिरको पनि स्थापना गरिएको पुजा समिति आयोजक राजकुमार शर्माले बताए ।