६१ वर्षीय बृद्ध श्रीमती हत्या आरोपमा पक्राउ

१0 महिना अघि

२0८0 कार्तिक २८ मंगलवार
६१ वर्षीय बृद्ध श्रीमती हत्या आरोपमा पक्राउ

उदयपुर, कात्तिक २८

वर्षदिनको चाड तिहारमा रमाउने बेलामा सुनमाया तामाङ मृत्यु बरण ग र्न पुगेकी छिन् । प्रहरीका अनुसार त्रियुगा नगरपालिका १६ धौरीका ६१ वर्षीय जसबहादुर तामाङको कुटाईबाट गम्भीर घाईते भएकी उनकै श्रीमति ५० वर्षीया सुनमायाको मंगलबार विहान निधन भएको हो । 


प्रहरीका अनुसार आँैसीको रात अर्थात गत आईतबार मादक पदार्थ सेवन गरेका जसबहादुरले घरायसी बिबादमा श्रीमतिलाई कुटपिट गरेका थिए । श्रीमान्को कुटाईबाट गम्भीर घाईते् भएकी उनको मंगलबार निधन भएको हो । 


जसबहादुर मंगलबारै पक्राउ परको छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेको टोलीले उनलाई पक्राउ गरी सदरमुकाम ल्याएर  अनुसन्धान सुरु गरेको जनाएको छ ।