'कैलाश स्मृति फूटबल' उपाधि दमौटीको पोल्टामा

१0 महिना अघि

२0८0 कार्तिक २६ आईतवार
'कैलाश स्मृति फूटबल' उपाधि दमौटीको पोल्टामा

बिन्द्र राई

उदयपुर,कात्तिक २६

बगाहामा सम्पन्न "कैलाश स्मृति फूटबल प्रतियोगिता ०८०"को उपाधि त्रियुगा ५ दमौटीले जितेको छ । शनिबार भएको फाईनल खेलमा बेल्टार फूटबल समूहलाई हराउँदै ५-४ गोल गर्दै दमौटी उपाधि जित्न सफल भएको हो ।

 

 जिल्ला फूटबल संघ उदयपुरको समन्वय तथा त्रियुगा नगरपालिका -४ बगहा युवा समूहको आयोजनामा आफ्नै खेल मैदान बगहामा संचालन भएको प्रतियोगिता दुई समूह बीच बराबर भएपछि टाइब्रेकरबाट नतिजा निकाल्दा दमौटी विजयी हुन पुगेको हो । खेल मध्यरातसम्म दुवै टिमले गेल गर्न सकेनन् । मध्यरातपछिको खेलमा बेल्टारका सुनिल खड्काले २७ मिनेटमा पहिलो गोल गर्दै समूहलाई अग्रता दिलाए पनि दमौटीका विशाल राउतले ४ मिनेट थप समयमा जबाफी गोल फर्काएर समूहलाई बराबरीमा पुर्याएपछि खेल टाईब्रेकरमा धकेलिन पुग्यो ।

 

प्रतियोगितामा बेस्ट गोलकिपर उद्दव मगर दमौटी, बेस्ट डिफेन्डर नर्बु तामाङ बेल्टार, उत्कृष्ट मिडफिल्डर पबिन राई दमौटी, हाईस्कोरर प्रबिन राई बगहा र उत्कृष्ट स्ट्राइकर बिकि मगर बेल्टार भए ।उनीहरुलाई जनही ३ हजार नगद प्रदान गरियोे । खेलको उत्कृष्ट प्लेयर बेल्टार समूह राकेश राई भए । उनलाई नगद ३ हजार ५ शय प्रदान गरिएको आयोजक बगहा युवा समूहका अध्यक्ष सुरेन्द्र राईले बताए। सस्था

 

प्रतियोगिता समापन ककार्यक्रममा प्रथम र दोस्रो हुने समूहलाई प्रमुख अतिथि अखिल नेपाल नेपाल फूटबल संघका महासचिव किरण राई र त्रियुगा नगर उपप्रमुख महेश्वरी राईले खेलाडीहरुलाई नगद पुरस्कार तदथा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे । उपाधि विजैता टिमलाई ५० हजार र दोस्रो ३० हजार नगद हस्तान्तरण गरियो।

 

पूूस्काा वितरण गर्दै महासचिव राईले स्वर्गीय पूर्व खेलाडी कैलाश आफ्नो सहयोद्दा र सहकर्मी मित्र रहेसंगै आफूलाई यहाँसम्म आईपुग्न उनको पनि महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले समग्र खेल क्षेत्रको विकासका लागि स्थानीयतहहरु बढी जिम्मेवार हुनुपर्ने भन्दै अन्फ सरोकारवाला निकायहरुको पनि महत्त्वपूर्ण भूमिका रहने बताए । 

 

फाईनल खेलको म्यान अफ द म्याच भएका शिशिर लेखीलाई पनि पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।