बगाहा फुटबलः आयोजकद्वारा नयाँवस्ती पराजित                                        

१0 महिना अघि

२0८0 कार्तिक २१ मंगलवार
बगाहा फुटबलः आयोजकद्वारा नयाँवस्ती पराजित                                        

बिन्द्र राई
बगाहा, कात्तिक २१

उदयपुरमा मङ्गलबारदेखि जारी ‘युवराज राई (कैलाश) स्मृति फुटबल प्रतियोगिता ०८०’को मंगलबारको खेलमा आयोजक बगाहा फूटबल समूह विजयी भएको छ । बगाहाले त्रियुगा नगरपालिका १० बोक्से नयाँबस्तीलाई २–० गोलले पराजित गर्दै विजयी यात्रा थालेको हो ।


खेलमा मध्यान्तरपछिको ९ औँ मिनटमा नयाँबस्तीका खेलाडी सनम राईले गोल गरेर समूहलाई अग्रता दिलाएका थिए । २१ औँ मिनटमा बगाहाका खेलाडी प्रबिन राईले जवाफी गोल फर्काउँदै बराबरी पारे । १–१ गोल भएसँगै दुवै समूहबीच चर्को प्रतिस्पर्धा भईरहेका बेला २९ औँ मिनेटमा पुनः बगहाका प्रबिन राईको प्रहार गोलमा परिणत भएपछि बगाहाले जित हात पारेको हो ।


खेलको म्यान अफ द म्याच पनि प्रबिन राई नै घोषित हुँदै १ हजार पुरस्कार पाए । बुधबारको खेलमा त्रियुगा ११ गाईघाट र त्रियुगा १४  साउनेबीच प्रतिस्पर्धा हुने आयोजक समूहले जनाएको छ ।