फरार ३ अभियुक्त पक्राउ 

१0 महिना अघि

२0८0 कार्तिक २१ मंगलवार
फरार ३ अभियुक्त पक्राउ 

गाईघाट, कात्तिक २१

उदयपुर प्रहरीले थप ३ जना फरार अभियुक्त फेला पारी नियन्त्रणमा लिएको छ । ्रकुटपिट र जवरजस्ती करणी प्रयास आरोपमा अदालतबाट सजाय तोकिए पनि फरार सूचीमा रहेका उनीहरुलाई घर वतनबाटै पक्राउ गरेको जनाइएको छ । 


फरार अभियुक्तहरुको खोजी गरी पक्राउ गर्ने प्रहरी अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय बेल्टारबाट खटेको टोलीले सोमबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कुटपिट मुद्दामा अदालतबाट दोषी करार भएका जिल्लाको चौदण्डीगढी नगरपालिका १० हडियाका ४८ वर्षीया पबित्राकुमारी बिष्ट, सोही ठाउँकी १८ वर्षीया उमा बिष्ट रहेका छन् ।


उनीहरुलाई गत २०७५ भदौ ९ गतेको फैसला अनुसार दोषी प्रमाणित भई जनही ५ हजार रुपैया जरिबाना तोकिएको प्रहरीले जनाएको छ । 


त्यस्तै सोही दिन प्रहरीले जबरजस्ती करणी मुद्दामा  दोषी प्रमाणित गर्दै २ हजार जरिवाना तिराउने फैसला गरे पनि फरार चौदण्डीगढी १० खैराझोडाका ३९ वर्षीय परिवर्तित नाम आरकेसी भन्ने व्यक्ति पनि पक्राउ परेका छन् । उनलाई अदालतको ०७७ भदौ २३ गतेको फैसला अनुसार दोषी करार गरिएको हो । 


पक्राउ सबैलाई फैसला कार्यान्वयनका लागि मंगलबार उदयपुर जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीले बताए ।