'युवराज राई स्मृति फुटबल': दमौटीद्वारा मलिथम पराजित

१0 महिना अघि

२0८0 कार्तिक २0 सोमबार
'युवराज राई स्मृति फुटबल':  दमौटीद्वारा मलिथम पराजित

बिन्द्र राई
उदयपुर, कात्तिक २०

सदरमुकाम त्रियुगा नगरपालिका ४ बगाहामा अघिल्लो दिनदेखि जारी 'युवराज राई स्मृति फुटबल प्रतियोगिता'को सोमबारको खेलमा दमौटी फूटबल समूह विजयी भएको छ । दमौटीले मलिथम समूह जोगीदहलाई २–१ गोलको फरकले पराजित गरेको हो । 


दमौटीका खेलाडी पबिन राईले खेल सुरु भएको १२औँ मिनेटमा फ्री किकद्वारा पहिलो गोल गर्दै टिमलाई अघि बढाएका थिए । प्रतिस्पर्धी टिम मलथमका सुजन चौधरीले मध्यान्तरपछिको छैठौँ मिनटमा जवाफी गोल फर्काए पनि दमौटीकै खेलाडी विशाल राउतले १८ औँ मिनेटमा फ्री किकको अवसरलाई उपयोग गर्दै दोस्रो गोल गरेका थिए ।  


खेलको म्यान अफ द म्याच दमौटीका पबिन राई घोषित भए । उनलाई नगद १ हजार पुरस्कार दिइयो । मंगलबारको खेलमा आयोजक बगाहा र त्रिनपा १० नयाँ बस्ती बोक्सेबीच स्पर्धा हुने आयोजक क्लबले जनाएको छ । 


बगाहाका पूर्व खेलाडी स्वर्गीय युवराज राई (कैलाश)को स्मृतिमा जिल्ला फूटबल संघ उदयपुरको समन्वय र बगाहा युवा समूहको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिता आयोजक समूहको आफ्नै खेल मैदानमा भईरहेको छ ।