बगाहा फुटबलमा बेल्टारको जित सुरु

१0 महिना अघि

२0८0 कार्तिक १९ आईतवार
बगाहा फुटबलमा बेल्टारको जित सुरु

बिन्द्र राई

उदयपुर, कात्तिक १९    

 पूर्व खेलाडीको स्मृतिमा सदरमुकाामा आयोजित फुटबल प्रतियोगिताको उद्घाट्न चरणको खेलमा बेल्टारले जित सुरुवात गरेको छ । फूलबारी युवा समूह बेलटारका पूर्व खेलाडी स्वर्गीय युवराज राई( कैलाश)को सम्झनामा जिल्ला फूटबल संघ उदयपुरको समन्वयमा त्रियुगा नगरपालिका -४ बगहा युवा समूहद्रारा आयोजित प्रतियोगिताको आईतवार सम्पन्न पहिलो खेलमा बेलटारको जित भएको हो ।

 

बगाहास्थिि आफ्नै खेल मैदानमा सञ्चलन भएको पहिलो खेलमा बेल्टार एकता युवा समूह .बेल्टारले ईलाभेन स्टार फूटबल समूह बोक्से नयाॅॅबस्तीलाई शून्यका विरुद्ध ३ गोलले पराजित गरेको हो । बेल्टारका खेलाडी विशाल राईले पहिलो हाफको ३ मिनेटमा समूहलाई पहिलो गोल दिलाएका थिए भने यता एलिभेन स्टारको आफ्नै गोल पोस्ट नजिक भएको घम्साघम्सीमा आत्मघाती गोल हुन पुगेको थियो ।

 

यस्तै मध्यान्तपछिको ४३ औं मिनेटमा बेल्टारका शरद राईले थप एक गोल गरेर समूहलाई ३-० को परिणाममा पुर्याएका थिए । 

 

त्रियुगा नगर उपप्रमु महेश्वरी राईले खेलाडीलाई फूटबल हस्तान्तरण गरेर उद्घाटन गर्दै खेल क्षेत्रको बिकासलाई अगाडि बढाउन कुनै कसर बाॅकी नराख्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले खेलकुद क्षेत्रको समग्र बिकासलाई सम्बन्धित सरोकारवाला निकाय नागरिक समाज तथा खेलप्रेमी समुदाय सबै लागिरहनु पर्नेमा पनि जोड दिईन् ।

 

प्रतियोगितामा पहिलो र दोस्रो हुने समूहलाई क्रमश ५० र ३० हजार नगद मेडल, ट्रफी र प्रमाणपत्र बितरण गरिने आयोजकले जनाएको छ । सोमबारको खेल मलिथम फूटबल समूह र दमौटी फूटबल समूहबीच हुने आयोजकले जनाएको छ । प्रतियोगिता आउदो २५ गते सम्म सञ्चालन हुनेछ ।