भोलि इटहरीमा पहिचानसभा, पहिचानको आन्दोलनलाई मेचीदेखि कालीसम्म पुर्याउने

१0 महिना अघि

२0८0 कार्तिक १७ शुक्रबार
भोलि इटहरीमा पहिचानसभा, पहिचानको आन्दोलनलाई मेचीदेखि कालीसम्म पुर्याउने

मोरङ, कात्तिक १७

किरात याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम एक्तेन लिम्बूले १ नं. प्रदेशको जारी पहिचानको आन्दोलनमा सबैको साथ सहयोग मागेका छन् । ‘कोशी नाम खारेजी’ र पहिचानसहितको नामाकरणको माग गर्दै शनिबार सुनसरीको इटहरीमा हुन गईरहेको संयुक्त एेक्यबद्धतासभामा जुट्न अध्यक्ष लिम्बुले आव्हान गरेका हुन् । 

 

पहिचानको अभियानकै क्रममा बुधबार मोरङको पथरी आएका अध्यक्ष लिम्बुले आफूलाई संघीय गणतन्त्रवादी भन्ने तर, प्रदेशको नाम कोस राख्ने विरोधाभाष कुराप्रति असहमति राख्दै पहिचानविरोधी कोसी नाम खारेज गर्ने पक्षधरहरु र देशलाई समानुपातिक, समावेशी र धर्म निरपेक्ष बनाउन चाहनेहहरु सबै एकजुट भएर लाग्नुपर्ने बताए ।त्यसका लािग इटहरीमा हुने ऐक्यबद्धता सभामा सहभागी हुन सबैसँग अध्यक्ष लिम्बुले आव्हान गरेका छन् । 


उनले पहिचान स्थापनाका लागि याक्थुम चुम्चुङ, किरात राई यायोक्खा, तामाङ घेदुङ, मगर संघ, तमु संघ, नेवा देय दवु मंका खल तथा थारु कल्याणकारीणी सभा र दनुवार उत्थान समाजलगायत सबै जाति समुदायको साझा नेतृत्व र समन्वयको आवश्यक्ता औँल्याए । सबै सामाजिक र सामुदायिक संघसंस्थाको नेतृत्व र संयोजनमा कात्तिक १८ गते इटहरी चोकमा हुन लागेको संयुक्त एेक्यबद्धता सभालाई सफल पार्न पनि अध्यक्ष लिम्बुले आव्हान गरेका छन् । 


सभालाई प्रभावकारी, शान्तिपूर्ण र भव्यरुपमा सफल बनाउन चुम्लुङ अध्यक्ष लिम्बु, जनमुक्ति पार्टी अध्यक्ष केपी पालुङ्वा, किरात राई यायोक्खा उपमहासचिव अर्जुन जम्नेली राई, १ नं. प्रदेश पुननामांकन मोरङ जिल्ला संघर्ष समिति अध्यक्ष रामभक्त कुरुम्बाङ, उपाध्यक्ष डम्बर कुरुम्बाङ, सचिव जयराज संयोगलगायतबीच भएको छलफलमा अध्यक्ष लिम्बुले सो कुरामा जोड दिएका हुन् ।

प्रदेश नं। १ मा जारी कोसी नाम खारेजी र पहिचानको नामांकलन आन्दोलनप्रति एेक्यबद्धता जनाउन इटहरिमा हुने सभालाई निर्णायक बनाउने अपेक्षा गरिएको नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेले बताएका छन् । उनले प्रदेश १ मा जारी पहिचानको आन्दोलनले अभियानको रुप लिइसकेको र मेचीदेखि महाकालीसम्म जोड्दै तेस्रो जनआन्दोलनमा परिणत गर्ने लक्ष्य लिइएको पनि बताए । 


 
इटहरीमा हुने कार्यक्रममा झापा, सुनसरी, मोरङ, धनकुटा, उदयपुर, पाँचथर, इलाम, खोटाङ, संखुवासभा, तेरथुमलगायत जिल्लाबाट सहभागी हुने आयोजक संघर्ष समितिले जनाएको छ । कार्यक्रममा प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समितिलाई व्यापक बनाउन मद्धत पुग्ने घटक संस्था यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले बताएका छन् । सभालाई प्रेम यक्तेन लिम्बुसहित प्रदेश १ पुननामाङ्कन अभियान अध्यक्ष डकेन्द्रसिंह थेगिमलगायत नेपाल आदिबासी जनजाति महासंघ शेर्पा संघ, जनमुक्ति पार्टीसहित अभियानमा संलग्न बिभिन्न ६ वटा घटक संस्थाका प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।