फरार अभियुक्त पक्राउ

१0 महिना अघि

२0८0 कार्तिक १५ बुधबार
फरार अभियुक्त पक्राउ

उदयपुर, कात्तिक १५


अदालती फैसला अनुसार अपराधी सावित भएका एक फरार अभियुक्त पक्राउ परेका छन् । उदयपुर जिल्ला अदालतको ०७९ भदौ ३० गतेको फैसला अनुसार लेनदेन मुद्दामा ६ महिना कैद तोकिए पनि फरार रहेका प्रतिबादी कटारी नगरपालिका ४ का ३५ वर्षीया जानुका बिश्वकर्मा आज पक्राउ परेकी हुन् । 


विकलाई इलाका प्रहरी कार्यालय कटारीबाट खटेको टोलीले उनकै घरबाट बुधबार विहान ९ः०० बजे पक्राउ गरेको हो । उनलाई आजै जिल्ला प्रहरी कार्यालय ल्याएर फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पठाइएको छ ।


प्रहरीले जिम्मा लगाएलगत्तै अदालतले पनि कैद भुक्तानका लागि कारागार कार्यालय चलान गरेको प्रहरीले जनाएको छ ।