सन्तोषका लागि दसा बन्यो दसैँ, कुटपिटबाट निधन

१0 महिना अघि

२0८0 कार्तिक १५ बुधबार
सन्तोषका लागि  दसा बन्यो दसैँ, कुटपिटबाट निधन

उदयपुर, कात्तिक १५

दसैँ मान्न आएका एक युवाको कुटपिटबाट निधन भएको छ । त्रियुगा नगरपालिका १३ खोरीयाटोलस्थित कर्णबहादुर मगरको घरमा दसैँ मान्न आएका  उनकै भान्जा २७ वर्षीय सन्तोष राईको गत ८ गते राति भएको कुटपिटबाट निधन भएको हो । 


राति ११ः३० बजे मामाघरमा राई र सोही वडाको दनुवारी टोलका २६ वर्षीय डम्बरबहादुर राईबीच बिबाद हुँदा उनीमाथि कुटपिट भएको थियो । मादक पदार्थ सेवन गरेका डम्बरबहादुरको कुटाईबाट गम्भीर घाईते भएका राई विहान उठ्दा बेहोस भेटिएपछि उपचारार्थ जिल्ला अस्पताल गाईघाट लगिएको थियो । 


उनको उपचारकै क्रममा निधन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी हरिनन्दन चौधरीका अनुसार घट्नाबारे खवर आएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमाण्डको टोली परिचालन गरी अभियुक्तलाई नियन्त्रणमा लिइएको छ । 

 

घट्नास्थलको कानुनी प्रक्रिया पुरा गरेर मृतकको शव पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको छ भने फक्राउ राईलाई जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान भईरहेको डिएसपी चौधरीले बताएका छन् ।