लागूऔषधसहित २ भारतीय नागरिक पक्राउ

१0 महिना अघि

२0८0 कार्तिक १५ बुधबार
लागूऔषधसहित २  भारतीय  नागरिक पक्राउ

उदयपुर, कात्तिक १५ 

प्रहरीले लगू औषधसहित सदरमुकामबाट २ जना भारतीय नागरिकलाई पपक्राउ गरेको छ । जिल्लाको त्रियुगा नगरपालिका-१० गैरुनबाट भारत बिहार सुपौलका २७ वर्षीीय जसबिनकुमार मण्डल र बिरपुर थाना-१२ का २७ वर्षीय सन्तोषकुमार महतोलाई पक्राउ गरेको हो ।

 

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट मंगलवार राती खटिएको प्रहरी टोलीले कालीखोलानजिकै रोकेर राखेको BR 11PB 1355 नम्बरको स्कारपियो गाडी चेकजाँच गर्दा लागुऔषध फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

 

उनीहरु सवार गाडीको गियर बक्सभित्र कालो प्लाष्टिकको झोलामा लुकाई छिपाई राखेको अवस्थामा २७ ग्राम लागुऔषध ब्राउनसुगर र नगद १ लाख ५४ हजार बरामद गरी स्कारपियोसहित निजहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर अनुसन्धान सुरु भएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।