आगलागीमा परी महिलाको निधन 

१0 महिना अघि

२0८0 कार्तिक १४ मंगलवार
आगलागीमा परी महिलाको निधन 

ओखलढुंगा, कात्तिक १४

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ हर्कपुरकी एक महिलाको आगलागीमा परेर ज्यान गएको छ । सोमबार साँझ खाना पकाउन भान्सामा लागेको आगोमा परी ३३ वर्षीया कमला गौतमको निधन भएको हो । 


साँझ ५ः३० बजे खाना पकाउन भान्सा कोठामा डिजेल प्रयोग गरेर आगो बाल्न खोज्दा अचानक आगलागी भएर सख्त घाईते भएकी गौतमको घटनास्थलमै निधन भएको १ नं. प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाउको छ । थियो । घटनाको खवर पाएलगत्तै हर्कपुर चौकीबाट खटेको प्रहरीको टोलीले स्थानियबासीको सहयोगमा
आगो नियन्त्रणमा लिए पनि उनलाई बचाउन नसकेको जनाइएको छ । 


टोलीले घटनास्थलको सर्जमिन मुचुल्कागरी आवश्यक अनुसन्धान अघि बढाएको छ भने मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गालाई उद्धृत गर्दै प्रदेश प्रहरीले जनाएको छ ।