जनता समाजवादीको शुभकामना आदानप्रदान

१0 महिना अघि

२0८0 कार्तिक १२ आईतवार
जनता समाजवादीको शुभकामना आदानप्रदान

उदयपुर, कात्तिक ११      

 जनता समाजवादी पार्टी (जसपा)नेपाल उदयपुरले चाडपर्वको अबसर पारेर शुभकामना आदान प्रदाान कार्रक्रम आयोजना गरेको छ । जसपाले गाईघाटमा शनिबार आयोजित कार्यक्रममा पार्टी प्रदेश सदस्य भीम बिकले पार्टीमा जुझारु कार्यकर्ता, अनुशासन, बिचार, नैतिकता भएको मानिसहरूको आबश्यकता रहेको बताए । बिकले अहिले पार्टी र पार्टीभित्रका कार्यकर्ताहरु जनमैत्री, जनमुखी हुन नसक्दा पार्टी कमजोर अबस्थामा पुगेको बताए ।

 

 त्यस्तै केन्द्रीय सदस्य उर्मिला राईले पार्टीलाई पहिलो प्राथमिकता साथ एकताबद्ध गरेर अगाडि बढाउनु बताए । राईले पुजीवादी व्यवस्थालाई अन्त्य गर्दै समाजवादी व्यवस्था निर्माणमा जोड दिनुपर्ने बताए । पार्टीले आईतवार र सोमबार दुईदिने प्रशिक्षण कार्यक्रम पनि आयोजना गर्ने जनाएको छ ।