सई कार्की प्रदेशकै उत्कृष्ट प्रहरी घोषित

२0८0 कार्तिक १0 शुक्रबार
सई कार्की प्रदेशकै उत्कृष्ट प्रहरी घोषित

बिराटनगर, कात्तिक १० 

जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) कमलबहादुर कार्की र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी सहायक हवल्दार बिनोद ओझा असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने दुबै प्रहरी कर्मचारीलाई प्रदेश प्रहरी कार्यालय बिराटनगरले अंसज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरेको हो ।

 

कार्की जिल्ला प्रहरी उदयपुरमा कार्यरत रही कर्तव्य ज्यान मुद्धाका प्रतिवादीहरुलाई सुक्ष्म अनुसन्धान गरी पक्राउ गर्न सफल भएको आधारमा सर्वोत्कृष्ट ठहरिएका हुन् । त्यस्तै ओझाले सुनसरीका बिभिन्न स्थानबाट नक्कली नोटको कारोवार गर्ने तथा जुवाजन्य खेल खेल्ने मानिसहरु पक्राउ र फरार प्रतिवादी पक्राउ गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए। दुवैको राम्रा कामको उच्च मुल्याङ्कन गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले असोज महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गरेको हो ।

 

प्रहरी कर्मचारीहरुको मनोवल उच्च राख्न प्रदेश प्रहरी कार्यालय बिराटनगरले हरेक महिना प्रदेशभरका उत्कृष्ट प्रहरी छनौट गरी पुरस्कृत गर्दै आएको छ ।