गाईचोकमा कार र मोटरसाइकल जुधे, ३ घाईते

११ महिना अघि

२0८0 कार्तिक ४ शनिबार
गाईचोकमा कार र मोटरसाइकल जुधे, ३ घाईते

उदयपुर, कात्तिक ४

सदरमुकाम गाईघाटमा शनिबार विहान सवारी दुर्घटनाबाट २ महिलासहित ३ जना घाईते भएका छन् । एकको अवस्था गम्भीर छ ।

 

त्रियुगा नगरपालिका ११ गाईघाटस्थित मुख्य चोकमा विहान ६:०० बजेको समयमा दक्षिणबाट उत्तरतर्फ जादै गरेको स २ प ३८१३ नंवरको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ जादै गरेको बा २३ च ८६८७ नंवरको कारले ठक्कर दिई दुदाँ मोटरसाइकल चालक त्रियुगा ४ बगाहाका ३९ वर्षीय युवराज दाहाल गम्भीर घाईते भएका छन् ।

 

मोटरसाइकलको पछाडि सवार उनकै श्रीमति वर्ष ३२ की सुशीला दाहाल र ६५ वर्षीया राधा दाहाल पनि घाईते भएको प्रहरीले जनाएको छ । बेहोस् रहेका चालक दाहालसहित तीनैजनालाई जिल्ला अस्पताल लगेकोमा त्यहाँ उपचार संभव नभएपछि बिराटनगर रिफर गरिएको प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताए ।

 

उनका अनुसार कार चालक मोरङ सुन्दर हरैचा नगरपालिका १० का वर्ष ४२ का संजिव रोक्का भने सकुसल छन् । कार र मोसा नगर प्रहरी गाईघाटको नियन्त्रणमा रहेको छ भने कार चालकमाथि अनुसन्धान सुरु भएको डिएसपी चौधरीले ताएका छन् ।

 

अघिल्लो राति ग ईघाटटकै आखा उपचार केन्द्रनेर स्कोर्पियो जीपले सिटी सफारीलाई ठक्कर दिदा २ जना घाईते भएका थिए  । मदन भण्डारी लोकमार्ग निर्माण भएपछि पूर्व पश्चिम सवारी आउजाउ गर्न सहज भए पनि दुर्घटना भने ह्वात्त बढेको छ ।

 

दुर्घटनाबाट बच्नॅ ट्राफिक नियम पालना गर्नुका साथै बजारक्षेत्रमा प्रति घण्टा २० किलोमिटरभन्दा बढीको गतिमा सवारी हाँक्न नदिने व्यवस्था मिलाउन स्थानीयले प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् ।