वाईसिएल भलिबल उपाधि कुभिन्डेले चुम्यो

११ महिना अघि

२0८0 कार्तिक ४ शनिबार
वाईसिएल भलिबल उपाधि कुभिन्डेले चुम्यो

बिन्द्र राई                                     

उदयपुर,कात्तिक ३                                    

नेकपा (माओवादी केन्द्र)को जारी बिशेष रुपान्तरण अभियान अन्तर्गत त्रििपा १४ साउनेमा आयोजित भलिबल प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।योङ कम्युनिष्टलिग (वाईसिएल) नेपाल साउनेद्वारा आयोजिि प्रतियोगिताको उपाधि त्रियुगा नगरपालिका १५ खाॅबु कुभिन्डेले चुमेको छ । 

 

शुक्रवार सम्पन्न फाइनल खेलमा त्रिनपा ७ चुहाडेलाई हराउदै कुभिनिडे उपाधि चुम्न सफल भएको हो । वाईसिएल त्रिनपा १४ को आयोजनामा कात्तिक १ देखि सुरु प्रतियोगिता ३ गतेसम्म चलेको हो ।

 

विजेता समूहलाई १५ हजार नगद र ट्राफिक तथा दोस्रोलाई १० हजार नगद सहित मेडल र प्रमाणपत्र य्रदाा गरियो ।

 

कार्यक्रमका प्रमुख अतिथि एन्फा महासचिव किरण राई र त्रिनपा १४ का वडाध्यक्ष हेम मगरले सयुक्त रुपमा ट्रफि तथा पुरस्कार हस्तान्तरण गरे ।

 

सो अवसरमा महासचिव राईले नेकपा माओवादीको जारी रुपान्तरण अभियानले पार्टीलाई मजबुत र व्यवस्थित गर्दै लगेको र जनतालाई उत्साहित पारेको बताए। 

 

त्यसैगरी नेकपा माओवादी केन्द्र त्रियुगा नगर कमिटी सचिव कुरुङ राईले जनतासङ्ग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत पुरुष खुल्ला भलिबल खेल संचालन गरेको बताए। उनले जारी अभियानसङ्गै पार्टीप्रती युवाहरूको प्रगाढ सम्बन्ध र आकर्षण बढेको बताए । 

 

अर्का वक्ता वडाध्यक्ष मगरले इतिहासमा माओवादीले भ्रष्टाचारको फाईल खोलेर अगाडि बढेकाले जनतामा माओवादी पार्टीप्रतिको बिश्वास बढदै गएको बताए।