प्रहरीको पत्रकार सम्मेलनः श्रीमति हत्यासहित ६ आरोपी सार्वजनिक

११ महिना अघि

२0८0 कार्तिक १ बुधबार
प्रहरीको पत्रकार सम्मेलनः श्रीमति हत्यासहित ६ आरोपी सार्वजनिक

उदयपुर, कात्तिक १


उदयपुर प्रहरीले बिभिन्न घट्नामा आरोपत आधादर्जन अभियुक्तलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरमा आयोजित पत्रकार सम्मेलनमा पछिल्लो ३ सातामा भएका आपराधिक घट्नामा संलग्नहरु र घट्ना प्रकृति सार्वजनिक गरिइको हो । 


अपराध न्यूनिकरणका लागि जिल्ला प्रहरी र प्रहरी युनिटहरुबाट भए गरेका गतिविधिहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रमेश थापाले बताए । उनले पत्रकार सम्मेलन गर्दै कर्तव्य ज्यान मुद्दामा ३ जना, ठगीमा १ र नियन्त्रित औषध मुद्दामा २ जना पक्राउ परेको जानकारी दिए ।


एसपी थापाका अनुसार मंगलबार राति आफ्नै पत्नी २९ वर्षीया छविमाया राईलाई प्रेसर कुकर र भड्डु भाँडा प्रहार गरी हत्या गरेको आरोपमा उदयपुरगढी गाउँपालिका ७ नागवेलीका ३१ वर्षीय पिटर भन्ने सन्तोष राई पक्राउ परेको जानकारी उनले दिए । ९ महिनाअघि भारतको नयाँदिल्लीमा काम गरेर गत असोज १४ गते मात्र नेपाल फर्केका उनीहरु ३ वर्षयता झगडा गर्र्दै आएको पनि प्रहरीले जनाएको छ । 


दसैँ मान्न केहीदिनअघि मात्र नेपाल फर्केका उनीहरु त्रियुगा नगरपालिका ५ श्रीपुरस्थित छविमायाको दिदिको घरमा बस्दै आएको र मंगलबार राति ९ः०० बजे उनीहरुबीच बिबाद भएको थियो । बिबादको क्रममा मादक पर्दाथ सेवन गररेका पिटरले श्रीमतीलाई प्रेसर कुकर र भड्डुले निर्मम तरिकाले अनुहार, नाक र मुखमा हिर्काउदा गम्भीर घाईते भएकी उनको उपचार गर्न अस्पताल लाने क्रममा प्राण गएको बताइएको छ । 


कुटपिटकै क्रममा बेहोस भएकी राईलाई स्थानीयले उद्धार गरी जिल्ला अस्पताल लगेकोमा चिकित्सकले राति १०ः३० बजे मृत्यु भईसकेको घोषणा गरेका थिए । घटनापछि भारतर्फ भाग्न लागेका पिटरलाई त्रियुगा नगरपालिका ८ राजबास बैरेनीबाट मध्येराति १२ः५० बजे पक्राउ गरिएको एसपी थापाले बताए । 


त्यसैगरी प्रहरीले साउन ११ गते राति त्रियुगा नगरपालिका ७ सुक्लाईका रमेशकुमार सार्कीको हत्या आरोपमा पक्राउ सोही ठाउँका बाउछोरा चन्द्रकुमार सार्की र तेजकुमारलाई पनि सार्वजनिक गरेको छ । चन्द्रकुमारको आदेशमा छोरा तेजकुमारले चिरपट दाउरा प्रहार गरी रमेशको हत्या गरेको अहिलेसम्मको अनुसन्धानबाट खुलेको एसपी थापाले बताएका छन् । 


तेजकुमारको कुटपिटबाट गम्भीर घाईते रमेशको २ महिनापछि असोज १५ गते मृत्यु भएपछि उनीबिरुद्ध चल्दै आएको ज्यान मार्ने उद्योगको मुद्धा स्वतः कर्तव्य ज्यानमा परिणत भएको छ । घटनालगत्तै फरार रहेका उनीहरुलाई असोज ३० गते पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । 


त्यसैगरी प्रहरीले लाखौँ रकम ठगी गरेको आरोपमा त्रियुगा नगरपालिका ५ का गौरबबहादुर अधिकारीलाई पक्राउ गरेर सार्वजनिक गरेको छ । रौतामाई गाउँपालिका ७ मुर्कुचीस्थित श्रृजनशिल लघुवित्त वित्तीय संस्थाका वरिष्ठ फिल्ड सहायक २७ वर्षीय अधिकारीलाई खोजीको क्रममा पक्राउ गरी अनुसन्धान भईरहेको जानकारी पत्रकार सम्मेलनमा दिइयो । 


अधिकारीले २०७८ माघ २८ गतेयता विभिन्न समयमा संस्थाको फर्जी नामावली कागज बनाई नक्कली ऋणपत्र देखाई साँवा ५० लाख ९१ हजार ५ सय ७७ र व्याज २२ लाख ३१ हजार १ सय ६६ गरी ७३ लाख २२ हजार ७ सय ४३ रुपैँया ठगी गरेको पाइएको प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताए । डिएसपी चौधरीका अनुसार उनलाई असोज २९ गते नेपाल भारत सीमानाका महोत्तरीको वलवान गरपालिका ९ अध्यानपुरमा लुकिछिपी बस्दै आएको अवस्थामा पक्राउ गरिएको हो । 


लाखौँ ठगी गरेको भन्ने संस्थाको तर्फबाट उजुरी परेपछि खोजी गर्ने क्रममा अधिकारी भारत भाग्न लागेको अवस्थामा पक्राउ परेका हुन् । उनीबिरुद्धको ठगी मुद्धा स्वतः बैकिङ्ग कसुर मुद्दामा परिणत गरी अनुसन्धान सुरु भएको डिएसपी चौधरीले बताएका छन् । 


पत्रकार सम्मेलनमा बिल विनाको ३८ हजार मूल्य बरबारको नियन्त्रित औषधि कारोबार गरेको आरोपमा कटारीबाट २ जना पक्राउ परेको जानकारी पनि दिइयो । प्रहरीले कटारी ३ का ३१ वर्षीय चन्द्रकुमार सुनुवार र ४ का ३५ वर्षीय तेजेन्द्र सुनुवारलाई बील बिनाको औषधिसहित पक्राउ गरिएको जनाएको छ । मंगलबार कटारी १ बेलसोतस्थित सिन्धुली जाने सडकमा चेकजाँचको क्रममा उनीहरुको साथबाट बील बिनाको औक्षधि फेला परेपछि पक्राउ गरिएको हो । ४ किसिमका ३ हजार ८ सय बढी ट्याब्लेटसहित पक्राउ दुबैजनालाई थप अनुसन्धानका लागि प्रहरीले औषधि विभाग बिराटनगर पठाएको छ । 


पत्रकार सम्मेलनमा एसपी थापाले आफु जिल्ला प्रहरी कार्यालयको नेतृत्वमा आएदेखि नै दण्डहीनताको अन्त्य गर्ने उदेश्यका साथ अभियान चलाएको दावी गरेका छन् । उनले जिल्लाको शान्ति, सुरक्षा मजवुत बनाउने योजनासहित अभियान सञ्चालनमा लागेको बताउँदै पत्रकार, राजनीतिक दल, नागरिक समाज र स्थानीय सरकारहरुबाट सहयोगको अपेक्षा गरेको पनि बताए ।