हायस दुर्घटनामा चालकसहित १८ घाईते, ३ गम्भीर

११ महिना अघि

२0८0 आश्विन २९ सोमबार
हायस दुर्घटनामा चालकसहित १८ घाईते, ३ गम्भीर

उदयपुर, असोज २९

सोमबार दिउसो भएको हायस दुर्घटनामा परी चालकसहित १८ जना घाईते भएका छन् । घाईतेमधये १ बृद्धसहित ३ जनाको अवस्था गम्भीर रछ । 


मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका ७ अँधेरीस्थित घुम्तीमा पछाडिको पाङ्ग्रा खुस्केर सडकबाट ६ मिटर तल खस्दा हायसमा सवार सबै यात्रु र चालक घाईते भएका हुन् । काठमाडौँदेखि झापातर्फ जाँदै गरेको प्रदेश ०१–००४ क २०७६ नं. को हायस दिउसो १ः४० बजे दुर्घटनामा परेको उदयपुर प्रहरीले जनाएको छ । 


दुर्घटनामा चालक सिन्धुलीको सुनकोसी गाउँपालिका ५ का २३ व र्षीय सागर ठकुरी टाउकोमा चोट लागेर गम्भीर घाईते भएका छन् । बेहोस अवस्थामा रहेका उनलाई तत्काल प्रहरीले उद्धार गरी जिल्ला अस्पताल गाईघाट ल्याएकोमा उपचार सम्भव नभएपछि विराटनगर रिफर गरेको छ । 


त्यस्तै पाँचथरको फिदिम नगरपालिका ६ का ७२ वर्षीय बृद्ध बलबिर बिक बेहोस अवस्थामा भएकाले उनलाई पनि अस्पतालले बिराटनगर रिफर गरेको जनाएको छ भने झापा धुलाबारीकी २७ वर्षीय अन्जु पोख्रेल पनि बाँया हात, खुट्टामा चोट लागेर बोल्न नसकने अवस्थामा पुगेकी छिन् । 


दुर्र्घटनमा परी ईलामको सूर्योदय नगरपालिका ९ की ४० वर्षीया रेणुका गौतम, उनकै १५ वर्षीय छोरा अनुपम आचार्य, झापाको शिवसतासी नगरपालिका १ का ३० वर्षीय निर्देश भट्टराईm उनकै बहिनी १४ वर्षीया निकिता भट्टराई, सुनसरीको बराह्रक्षेत्र नगरपालिका ५ का ३९ वर्षीय भिमकुमार खत्री, झापाकै मेची नगरपालिका १० धुलावारीकी ३९ वर्षीया भारती कार्कीर उनकै १२ वर्षीय छोरा संयम घाईते भएका छन् । 


त्यस्तै अन्य घाईते हुनेहरुमा मोरङको पथरी शश्चिरे नगरपालिकाको वडा नखुलेका १४ वर्षीय निरज निरौला, ललितपुरको गोदावारी नगरपालिका ११ का ४७ वर्षीय बिजय तामाङ, धनकुटा नगरपािलका ७ हुलाक टोलका ४७ वर्षीय रञ्जित श्रेष्ठ, कन्चपुरको भिमदत्त नगरपािलका १० का ३४ वर्षीय मुकेश चन्द, धनकुटाकै सागुरीगढी गाउँपालिका ६ का १८ वर्षीय रोशन राई छन् ।


त्यसैगरी सुनसरीको धरान उपमहानगरपालिका १७ का ३० वर्षीय बिनोद राई,  झापाको कंकाई नगरपालिका ४ का ३४ वर्षीय प्रनिश श्रेष्ठ, भक्तपुरको सुर्यविनाय नगरपालिकाकी ८ वर्षीया आराध्या दाहाल पनि घाईते भएका छन् । घाईतेहरुको जिल्ला प्रहरी निरीक्षक विद्यालालकुमार साहको कमाण्डमा अस्थायी प्रहरी चौकी संगमचोकबाट खटेका प्रहरी परिचालन गरी घाईतेको उद्धार गरी अस्पताल पठाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताए । 


दसैँ तिहार नजिकिएका बेला उपत्यकाबाट घर फर्कने यात्रु सवार सवारी साधनको संख्या ह्वात्त बढेसँगै दुर्घटना पनि बढ्ने गरेको प्रहरीको भनाई छ । उसै पनि साँघुरो र घुम्ती बढी भएको मदन भण्डारी लोकमार्गमा सिलसिलेबार दुर्घटना हुने गरेकाले ट्राफिकले न्यूनिकरणका बिभिन्न उपाय अपनाउँदै आएको छ । पछिल्लो समय ट्राफिकले दुर्घटना कम गर्न टाईमकार्ड र राडार गनको प्रयोग गर्न थालेकै बेला हायस दुर्घटनामा परी यति ठूलो संख्यामा यात्रु घाईते भएका हुन् ।