गवुवा नकआउट फुटबलः आईतबारको खेलमा नमूना विजयी 

११ महिना अघि

२0८0 आश्विन २८ आईतवार
गवुवा नकआउट फुटबलः आईतबारको खेलमा नमूना विजयी 

कटारी, असोज २८


कटारीमा जारी ‘दोस्रो गबुवा खुल्ला नकआउट फुटबल प्रतियोगिा ०८०’को शुक्रबारको खेलमा दुधौलीस्थित नमूना युवा समूह सिन्धुली विजयी भएको छ । कटारी नगरपालिका ४ स्थित गबुवामा शुक्रबारदेखि सुरु प्रतियोगिताको आईतबारको खेलमा नमुना आयोजक गबुवा स्पोर्टस क्लवलाई पराजित गर्दै विजयी भएको हो । 

 

नमूनाले आयोजक क्बललाई ३–१ को गोल अन्तरले पराजित गरेको हो । आईतबारको खेलमा म्यान अफ द म्याचको उपाधि पनि नमुनाकै शौसन राई घोषित भए । 


कटारी र सिन्धुलीका बिभिन्न १० खेल समूहको सहभागिता रहको प्रतियोगिताको विजेताले नगद ६६ हजार ६ सय ६६ रुपैँया पुरस्कारका साथै ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछ। उपविजेतालाई नगद ४४ हजार ४ सय ४४ का साथमा शिल्ड, मेडल र प्रमाणपत्र दिइने क्लवका अध्यक्ष अभिषेक विश्वकर्माले बताए ।


क्लबकी सचिव मुना सुनुवारका अनुसार प्रतियोगितामा विजेता सबै विधागत पुरस्कार दिइने छ । प्रतियोगिताको र्फाइनल खेल कार्तिक ३ गते हुने सचिव सुनुवारले बताईन् ।