प्रशोधित खानेपानी जारमा किराको लार्भा  

२0८0 आश्विन २६ शुक्रबार
प्रशोधित खानेपानी जारमा किराको लार्भा  

बिन्द्र राई 

उदयपुर असोज २६ 

सदरमुकाम गाईघाटस्थित एक प्रशोधित खानेपानीको जारमा किराको लार्भा फेला परेको छ । त्रियुगा नगरपालिका ३ मोतिगडा लच्कास्थित सञ्चालित खानेपानी उद्योग नेपाल स्प्रीङद्वारा उत्पादित जारको खानेपानीमा किराको लार्भा फेला परेको हो । 


र फोहोरमैला फेला परेको छ । गाईघाट बजारको एसपी सप्लायर्समा  उपलब्ध गराइएको पानीको जारमा किराको लार्भा र अन्य फोहोरमैलासमेत फेला परेको प्रत्यक्षदर्शीले बताए । दुईदिनअघि मात्र  पसलमा ल्याइएको पानी ग्राहकले खान खोज्दा किरा देखेपछि पसल संचालकलाई सुनाएका थिए ।


त्यसअघि ध्यानै नदिएका पसल सञ्चालक पवन राउतले ग्राहकले भनेपछि राम्ररी हेर्दा जारभित्र किराको लार्भा देखिएको बताए । किरा देखेपछि पसल संचालकले पानी उद्योगका कर्मचारीलाई बोलाएर जिम्मा दिएका थिए । पानी उद्यगमा कार्यरत कर्मचारीले भने पानी पसलमा दिदा किरा नभएको बताएका छन् । 


उनीहरूले जारमा किरा कसरी पस्यो भन्नेबारे आफूहरुलाई जानकारी नभएको जनाएका छन् । इस्टीकरसमेत नभएको जार कम्पनीले नै नटाँसेको हो कि टाँसेर उप्किएको भन्ने प्रष्ट भएको छैन । सो पानी उद्यगमा र्साइनबोर्डसमेत  नराखिएको भन्दै जिल्ला अनुगमन समितिले छापा मारी ३ हजार जरिवानासमेत तिराएर छाडेको थियो ।